मच्छर मार्न धुप बाल्दा आगलागी, एकै परिवारका ६ जनाको मृत्यु, दुई गम्भीर
![मच्छर मार्न धुप बाल्दा आगलागी, एकै परिवारका ६ जनाको मृत्यु, दुई गम्भीर](https://annapurnapost.prixacdn.net/media/albums/aagolagi-_3cwmnvMqJU_XcFyDROSzO.jpg)
नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीमा आगलागीमा परेर एकै परिवारका ६ जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार नयाँ दिल्लीको शास्त्री पार्क क्षेत्रमा एक स्थानीयको घरमा बिहीबार राति मच्छर मार्न बालेको धुपबाट आगो लाग्दा ६ जनाको मृत्यु र दुईजना गम्भीर घाइते भएका हुन्।
मृत्यु हुनेमा ४ पुरूष र १ महिला र १ ढेड वर्षका बालक छन्।
आइटीका क्राइम हिमांशु मिश्राले बताएअनुसार बिहीबार राति ९ बजेतिर शास्त्री पार्कको मच्छी मार्केट नजिकै एक घरमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको हो।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)