विद्यार्थीलाई न्यानो कपडा वितरण

विद्यार्थीलाई न्यानो कपडा वितरण
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

 बागलुङ : बागलुङको एक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सहयोग गरिएको छ । सामाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लब अफ बागलुङले बागलुङ नगरपालिका–९ तित्याङको सिगाना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री सहयोग गरेको हो । 

क्लबले ‘जाडोमा न्यानो कार्यक्रम’ मार्फत विद्यालयमा अध्ययतरत ३१ जना विद्यार्थीलाई ट्रयाक सेट, टिसर्ट, जुत्ता, मोजा र स्टेशनरीहरु सहयोग गरेको क्लबकी सचिव तारा केसीले बताइन् । उनले ६० हजार रुपैयाँ बराबरको सामानहरु सहयोग गरिएको बताइन् । 

‘६० हजार रुपैयाँ बराबरको ट्रयाक सेट, जुत्ता, मोजा र स्टेनशरीहरु सहयोग गरेका छौं,’ उनले भनिन्,‘देश विदेशमा रहेर क्लबलाई माया गर्ने व्यक्तिहरुको सहयोगमा न्यानो कपडा वितरण गरिएको हो ।’ सहयोगको लागि क्लबका कोषाध्यक्ष किशोर सापकोटाले ७ हजार रुपैयाँ खर्चमा स्टेशनरी सामाग्री सहयोग गरेका थिए । 

क्लबकी अध्यक्ष सुस्मिता केसीले जाडो मौसममा विद्यार्थीको सहजताका लागि न्यानो कपडा वितरण गरिएको बताइन् । उनले क्लबका पदाधिकारी तथा पूर्वसदस्यहरुको सहयोगले विद्यार्थीको मुहारमा खुसी बाँडन पाएको बताइन् । 

रोटरी क्लब अफ बागलुङका अध्यक्ष दिपेन्द्रबहादुर घिमिरेले क्लबले समाज रुपान्तरण र परिवर्तनका लागि विभिन्न खालका कार्यक्रम गर्दै आएको बताए।  विद्यालयका  प्रधानाध्यापक लक्ष्मण खड्काले क्लबले प्रशंसनीय काम भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.