एसईई परीक्षा : प्रश्नपत्र बाहिरिएपछि बारामा केन्द्राध्यक्षसहित पाँचजना निलम्बित

एसईई परीक्षा : प्रश्नपत्र बाहिरिएपछि बारामा केन्द्राध्यक्षसहित पाँचजना निलम्बित
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिमरा : बारामा एसईई परीक्षा सुरु भएको पहिलो दिन नै प्रश्नपत्र बाहिरिएको छ । आदर्शकोतवाल गाउँपालिका १ च्युटाहास्थित रामचरित्र माध्यमिक विद्यालय जयनगर परीक्षा  केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो । 

परीक्षा  सुरू भएको १५ मिनेटमै परीक्षार्थी पवन साहले मोबाइलबाट फोटो खिचेर ह्वाटस्अप ग्रुपमा प्रश्नपत्रको फोटो पठाएका थिए । परीक्षा  केन्द्र बाहिर रहेका व्यक्तिलाई प्रश्नपत्र पठाएको करिब ३० मिनेटपछि प्रहरीले जानकारी पाएको थियो । 

जनता माध्यमिक विद्यालय कचोर्वाका परीक्षार्थी साहले प्रश्नपत्रको फोटो बाहिर रहेका दीपक साहलाई पठाएका थिए । ह्वाट्सअप ग्रुपमार्फत् फोटो बाहिरएपछि परीक्षा  केन्द्रमा प्रश्नपत्र हेर्न भीड् समेत लागेको थियो । मोबाइलमा प्रश्नपत्र हेर्न जम्मा भएपछि प्रहरीले दीपकलाई नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । 

‘परीक्षा  केन्द्र बाहिर मोबाइल हेर्न सबै झुम्मिएपछि शंका लागेर प्रहरीले बुझ्ने क्रममा प्रश्नपत्र बाहिरिएको जानकारी पायौं, प्रहरी उपरीक्षक बोगटीले भने, ‘तत्कालै परीक्षार्थी र दीपकलाई मोबाइलसहित नियन्त्रणमा लियौं।'

प्रहरीले दीपकलाई अझै नियन्त्रणमा राखेको छ भने परीक्षार्थी साहलाई रिहा गरेको छ । प्रहरी उपरीक्षक बोगटीका अनुसार परीक्षार्थी साहको पहिलो दिनको परीक्षा रद्ध गर्ने निर्णय गर्दै उनलाई छाडिएको र दीपकलाई कारबाहीका लागि मुद्धा प्रक्रिया अघि बढाउन लागिएको बताए । 

प्रहरी उपरीक्षक बोगटीले परीक्षा रद्ध गर्नुपर्ने स्थिति नरहेको उनले बताए । उनका अनुसार प्रश्नपत्र बाहिरिए पनि उक्त ग्रुपमार्फत् उत्तरभित्र गएको देखिदैन । परीक्षार्थीको मोबाइल र सामाजिक संजालको ग्रुपमा उत्तर गएको नदेखेपछि परीक्षा रद्ध गर्नुपर्ने अवस्थामा नरहेको बोगटीको भनाइ छ । 

प्रहरीले परीक्षार्थी पवन र दीपकसँग मोबाइल नियन्त्रणमा लिएर ग्रुपमा रहेका सबैको विषयमा जानकारी समेत लिएको थियो । १० जनाको ग्रुपमा तीनजना परीक्षार्थी र सातजना बाहिरका व्यक्ति थिए । तीनजना परीक्षार्थीमध्ये एकजना पवन रहेका छन् भने अन्य दुई अन्य परीक्षा केन्द्रका विद्यार्थी हुन् । 

प्रश्नपत्र बाहिरिएको घटना सार्वजनिक भएलगत्तै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासहित सुरक्षा निकाय, शिक्षा समन्वय इकाइ कार्यालयको टोली परीक्षा केन्द्र पुगेका थिए । प्रजिअ सापकोटाको नेतृत्वमा पुगेको टोलीले घटनाको विषयमा जानकारी लिँदै उक्त परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्षसहित पाँचजनालाई  निलम्बन गर्ने निर्णय गरेको छ । 

परीक्षा केन्द्रबाट निलम्बित हुनेमा केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्ष पद्मराज चौधरी, बिजयप्रसाद चौधरी, निरीक्षक कुन्दनप्रसाद कुशवाहा र श्यामकिशोर गुप्ता रहेका छन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा परीक्षा केन्द्रमै बसेको बैठकले उनीहरूलाई एसईई परीक्षा अवधिभरीका लागि निलम्बन गरेको हो । 

बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले उक्त परीक्षा केन्द्रमा अन्य केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्ष र निरीक्षक पठाइने बताए । परीक्षालाई मर्यादित बनाउन जिम्मेवारी दिइएका व्यक्तिको लापरवाही देखिएपछि उनीहररूलाई तत्काल निलम्बन गरिएको प्रजिअ सापकोटाको भनाइ छ । 

प्रजिअ सापकोटाले आगामी परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागि निर्देशन दिइएको र त्यसैअनुसार आवश्यकता परेका स्थानमा सुरक्षा संयन्त्र थप गर्ने नगरी छलफल भइरहेको बताए । एसईई परीक्षा मर्यादित बनाउन प्रजिअ सापकोटाले यसपटक परीक्षा केन्द्र परेको विद्यालयमा प्राथमिक तहका शिक्षकलाई गार्ड राख्न सुरुवात गरेका थिए । 

अघिल्ला वर्षमा परीक्षार्थी अध्ययरत विद्यालयका शिक्षक नै पुगेर गार्ड बस्ने गरेका थिए । यससँगै प्रजिअ सापकोटाले जिल्लको ३२ वटा परीक्षा केन्द्र अनुगमन गर्न १६ वटा अनुगमन समिति बनाए । 
आफ्नो नेतृत्वमा चार सदस्यीय र सरकारी कार्यालयका प्रमुख कर्मचारीको नेतृत्वमा तीन सदस्यीय अनुगमन समिति बनाएर परीक्षालाई मर्यादित बनाउन प्रयास गरेका छन् ।

परीक्षा केन्द्रमा खटिने केन्द्राध्यक्ष,सह केन्द्राध्यक्षलाई भेला गरेर परीक्षा मर्यादित बनाउन जोड दिँदै आएका प्रजिअ सापकोटा प्रश्नपत्र बाहिरएको घटनाले आफूहरूलाई सचेत समेत गराएको बताए । 
शिक्षा समन्वय इकाइ बाराका प्रमुख श्यामकिशोर प्रसाद उक्त घटनाबाहेक जिल्लाका अन्य स्थानमा मर्यादित ढंगले परिक्षा सम्पन्न भएको बताए ।  उनले यस्तो घटना दोहोरिन नदिन र परीक्षालाई मर्यादित वातावरण सम्पन्न गर्न तत्कालै बैठक बसेर निर्णय गर्ने जानकारी दिए । 

एसईई परीक्षाका लागि बारामा ३२ वटा परीक्षा केन्द्र तोकिएका छन् । जसमा ९ हजार ६ सय ७९ परीक्षार्थी सहभागी छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.