बुडाल मृत्यु प्रकरण, चारलाई जेल

बुडाल मृत्यु प्रकरण, चारलाई जेल
सुन्नुहोस्

दशरथचन्द नगरपालिका-१० कै गजेन्द्रसिंह रावल, अर्जुनसिंह रावल, भीमसिंह ठगुन्ना र नारायणसिंह ऐरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

बैतडी : चौलानी नदीमा मृत फेला परेका बैतडीको दशरथचन्द नगरपालिका-१० का २५ वर्षीय जीवन बुडाल मृत्यु प्रकरणमा मुछिएका चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बैतडीका न्यायाधीश जयानन्द पनेरूको इजलासले यस्तो आदेश दिएको हो। अन्य तीन जनालाई जनही १ लाख ५० हजार र दुई जनालाई ५० हजार धरौटीमा रिहा गरिएको छ। त्यसैगरी बाँकी रहेका ३ जनालाई सामान्य तारिखमा छोडिएको छ। उक्त घटनामा संलग्नको आशंकामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

दशरथचन्द नगरपालिका-१० कै गजेन्द्रसिंह रावल, अर्जुनसिंह रावल, भीमसिंह ठगुन्ना र नारायणसिंह ऐरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

कारागार चलान भएका गजेन्द्रसिंह रावल दशरथचन्द नगरपालिका–६ का निवर्तमान वडाध्यक्ष हुन्। उनी यस पटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट दशरथचन्द नगरपालिकाको मेयर पदका उम्मेदवारसमेत हुन्। यसैगरी नारायणसिंह ऐरी मृतक बुडालका भिनाजु हुन्। यसैगरी पक्राउ परेका पुष्पराज भट्ट, टेकसिंह खत्री र जितेन्द्रसिंह ऐरीलाई जनही १ लाख ५० हजार धरौटीमा रिहा भएका छन्। श्यामुसिंह ऐरी र नवीनसिंह ठगुन्ना जनही ५० हजार धरौटीमा छुटेका छन्। केशवसिंह रावल, मोहनसिंह ठगुन्ना र भुवनराम लुहारलाई सामान्य तारेखमा रिहा गरिएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए। 

दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय बुडाल फागुन १३ गते मृत फेला परेका थिए। साथीहरूसँगै वनभोज मनाउन गएका बुडाल मृत फेला परेपछि आफन्तहरूले घटनाको यथाशीघ्र छानबिन हुनुपर्ने माग राख्दै संघर्षसमेत गरेका थिए। त्यसपछि प्रहरीले बुडालसँगै वनभोज बनाउन गएका १२ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो। मृतक बुडाल राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत रहेका थिए। उनी छुट्टी मनाउन घर आएका बेला साथीहरूसँगै वनभोज चौलानी नदीकिनार गएका थिए। 

घटनामा संलग्न १२ जना नै समान दोषी रहेको जिकिर गर्दै आफन्त आन्दोलित बनेका छन्। जिल्ला अदालत बैतडीको आदेशविरुद्ध उनीहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। 

वनभोज बनाउन गएका सबैजना दोषी रहेको भन्दै सबैलाई कारबाही हुनुपर्ने मृतक बुडालकी श्रीमती अनिशा बुडालले बताइन्। ‘वनभोज मनाउन गएका सबै दोषी छन्, सबैलाई बराबर सजाय हुनुपर्छ, घटनामा संलग्न कोही छुट्नु हँुदैन’ उनले भनिन्। ‘म यो मुद्दालाई पुनरावेदन गर्छु,’। आफूलाई न्याय नपाएको महसुस भएको अनिशाले बताएकी छन्। 

वनभोज मनाउन गएका सबै उत्तिकै दोषी रहेको अर्का आफन्त शिवसिंह बुडालले बताए।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.