ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुन्नुहोस्

दोलखा : जिल्लाको भीमेश्वर नगरपालिका-७ स्थित दूधडेरी नजिक शनिबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

मृत्यु हुने काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका-८ का २० वर्षीय राजु मगरको मृत्यु भएको छ। मोटरसाइकलको पछाडि बस्ने धनुषा जिल्ला घर भई चरिकोट बस्दै आएका २० वर्षीय अभिषेक शाह घाइते भएका छन्। 

चरिकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ९४ प ३२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

ट्रकको ठक्करबाट घाइते भएका मगरलाई च्छो–रोल्पा जनरल अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो। 

मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.