उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी पुरस्कृत

उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी पुरस्कृत
सुन्नुहोस्

धरान : कोशी प्रदेशमा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी पुरस्कृत भएका छन्। सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी पकली सुनसरीले २२ औं स्थापना दिवसका अवसरमा शनिबार उनीहरूलाई पुरस्कृत गरिएको हो। 

शान्ति सुरक्षा मजबुत र आपराधिक घटना नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको बाहिनीका प्रमुख सशत्र प्रहरी नायब  महानिरीक्षक (डीआइजी) अन्जनिकुमार पोखरेलले बताए।

पुरस्कृत हुनेहरूमा उदयपुर दरबन्दी भएर विपद् व्यवस्थापनमा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी नायव निरीक्षक राजविक्रम खड्का, चोरी तस्करी नियन्त्रणमा उत्कृष्ट काम गर्ने  हवलदार खेमकुमार भट्टराई, उत्कृष्ट प्रशिक्षकको भूमिका निर्वाह गर्ने वरिष्ठ हवल्दार आवद्ध नारायण चौधरी र अवैध लागूऔषध नियन्त्रणमा उत्कृष्ट काम गर्ने सुनसरीका सहायक हवलदार बुद्धिविक्रम सिंह  ठकुरी र झापाका बिनोद रिजाल पुरस्कृत भएका छन्। 

त्यस्तै विपद् व्यवस्थापनमा उत्कृष्ट काम गर्ने इलामका प्रहरी जवान भोलामान गुरुङ र सुनसरीका ओमप्रकाश खाल पनि पुरस्कृत छन्। 

उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले पुरस्कार वितरण गरेका थिए। उनले शान्ति सुरक्षा मजबुत र अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उत्कृष्ट काम गरेको बताउँदै सामूहिक रूपमा जनताको पक्षमा काम गर्न सशस्त्र प्रहरीहरूलाई निर्देशन दिए। 

वाहिनीपति डीआइजी पोखरेलले सीमा क्षेत्रमा हुने आपराधिक घटना, चोरी तस्करी अवैध हातहतियार र लागूऔषध नियन्त्रणमा चौबिसै घण्टा प्रहरी परिचालन गरि कोशी प्रदेशभरी शान्ति सुरक्षा कायम गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.