बारा २ मा एमालेले जित्छ : महेश बस्नेत

बारा २ मा एमालेले जित्छ : महेश बस्नेत
सुन्नुहोस्

वीरगन्ज : नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले जसपा अध्यक्ष उपेन्द्र यादव तीनवटा टाउको भएको नागको रूप धारण गरेर चुनाव जित्न बारा २ मा आएको टिप्पणी गरेका छन्। 

वैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ मा जसपाबाट उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी छ। यादवलाई कांग्रेस र माओवादी केन्द्रले समर्थन गरेका छन्। 

आइतबार वीरगन्जमा आयोजित राष्ट्रिय युवा संघ नेपालको पर्सा जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य बस्नेतले भने,‘ जसपा, कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार उपेन्द्रजी तीन वटा टाउको भएको नागको रूप धारण गरेर फेरि मधेसमा चुनाव लड्न आएका छन्, उनलाई बारा २ का जनताले अवश्य सबक सिकाउने छन्। 

कुनै जमानामा आफूलाई मधेसको मसिहा नै ठान्ने उपेन्द्र यादवको दलले मधेसमा सत्ता सम्हालेको ६ वर्ष बित्न लाग्दा समेत मधेसको अवस्था झन् झन् दयनीय बन्दै गएको पनि बस्नेतले बताए। 

बस्नेतले भने,‘ मानव विकासको हरेक सूचांकमा मधेस प्रदेश सबैभन्दा पछाडि छ, सबैभन्दा बढी गरिबी मधेसमै छ , खाडीमा जाने पनि सबैभन्दा बढी मधेसकै दाजुभाइ छन् , यो सबको जिम्मेवार उपेन्द्रजी र उहाँको दल जसपा नै हो।' 

त्यसैकारण मंसिर ४ को निर्वाचनमा सप्तरी २ का जनताले सबक सिकाएर पठाएका उपेन्द्र यादवलाई अब बैशाख १० मा बारा २ का जनताले पनि सबक सिकाउने बस्नेतको भनाइ छ। 

बारा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने रमेश खरेल प्रति कटाक्ष गर्दै बस्नेतले भने, ‘काठमाडौं १ का जनताले हराएका रमेश खरेलजी चुनाव जित्न नयाँ पार्टीको खोल ओढेर मधेसमा आउँदै छन्, उनलाई बारा २ का मधेसी जनताले पनि राम्रैसँग सबक सिकाएर पठाइदिने छन्।' 

बारा २ मा एमालेले जनताका प्रिय र योग्य उम्मेदवार चयन गर्ने बताउँदै बस्नेतले भने, ‘एमालेबाट को व्यक्ति उम्मेदवार बन्छ भन्ने कुराले त्यति महत्व राख्दैन, तर म ठोकुवा गरेर भन्छु बारा २ मा एमालेले जित्छ जित्छ।'

राष्ट्रिय राजनीतिको प्रसंगमा बोल्दै बस्नेतले अहिले राष्ट्रियता र एमालेका विरुद्ध ११ दल एक ठाउँमा उभिएको आरोप लगाए। 

यद्यपि ११ दलको गठबन्धनलाई पहिलो गाँसमै ढुंगा परेको पनि उनले बताए। बस्नेतले भने, ‘सरकार विस्तारमा रोजेको मन्त्रालय नपाएपछि सिके राउत र रवि लामिछानेहरू जिल्लिएका छन्, यसले सिके र रविजीहरू पनि सत्ताको लोभी र दोहोरो चरित्रको भएको पुष्टि भएको छ। यी दुई दललाई पनि बारा २ का जनताले सबक सिकाउने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.