सगरमाथाको फेदीमा प्रशासनको नजर, अखाद्य वस्तु जफत

सगरमाथाको फेदीमा प्रशासनको नजर, अखाद्य वस्तु जफत
सुन्नुहोस्

सिमा प्रशासन कार्यालय नाम्चेले गरेको बजार अनुगमनमा १ लाख ४२ हजार रुपैयाँ भन्दा बढी मूल्यको म्याद गुज्रिएका वस्तु जफत गरी नष्ट गरिएको हो।

सोलुखुम्बु : सगरमाथाको फेदीमा रहेको नाम्चे बजारको होटल पसलहरुमा प्रशासनको अनुगमन गरेको छ। सिमा प्रशासन कार्यालय नाम्चेले गरेको बजार अनुगमनमा १ लाख ४२ हजार रुपैयाँ भन्दा बढी मूल्यको म्याद गुज्रिएका वस्तु जफत गरी नष्ट गरिएको हो। 

नाम्चे क्षेत्र र छोङक्याममा रहेको होटल पसल, फार्मेसीबाट १ लाख ४३ हजार ५५० रुपैयाँ बराबरको अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ। २६ वटा पसलमा नापतौल गर्ने ढक भए–नभएको, मूल्यसूची भए–नभएको, दर्ता नवीकरण, म्याद गुज्रिएको लगायतका विषयमा बजार अनुगमन गरिएको सिमा प्रशासन कार्यालय नाम्चेले जनाएको छ। 

जफत गरिएको वस्तु वडा नम्बर ५ को कार्यालय नजिकै नष्ट गरिएको कार्यालय प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिइन्। स्थानीय जनप्रतिनिधि, खुम्बु सामुदायिक सेवा केन्द्र र एसपीसीसी, नाम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, नाम्चे होटल तथा लज व्यवसायी संघ तथा स्थानीय व्यक्तिहरुको सहकार्य तथा समन्वयमा बजार अनुगमन गरिएको प्रमुख बर्देवाले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.