समृद्धिका लागि सहकारी अभियान प्रभावकारी हुनुपर्छ : प्रदेश प्रमुख शर्मा

समृद्धिका लागि सहकारी अभियान प्रभावकारी हुनुपर्छ : प्रदेश प्रमुख शर्मा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुलुकको समृद्धिका लागि सहकारी अभियान प्रभावकारी हुनुपर्ने बताएका छन् । सोमबार नेपालमा मनाइँदै गरिएको ६६ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समुदायमा छरिएर रहेको पुँजी,प्रविधि र प्रतिभालाई एकीकृत गरी सदस्यहरूको आर्थिक,सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सहकारी अभियान प्रभावकारी हुनुपर्नेमा जोड दिए । 

उनले आर्थिक समृद्धि र दीगो विकास गर्न सार्वजनिक,निजी र सहकारी क्षेत्रको सहभागिता र विकासमार्फत् उपलब्ध साधन एवम् स्रोतको अधिकतम परिचालन गर्ने कुरा संविधानमै उल्लेख गरी सहकारीलाई तीन खम्बे अर्थ नीति मध्येको एक खम्बा मानिएको उल्लेख गरे ।

संघ प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा राखी यसको विकास,नियमन तथा प्रर्वद्धनको कार्यमा जोड दिइएको समेत उनले उल्लेख गरे ।  आर्थिक क्षेत्रमा रहेका असमानतामाथि हस्तक्षेपकारी भूमिका खेल्दै नागरिकको आर्थिक समुन्नतिमा सहकारिताबाट सघाउ पुर्‍याउन ग्रामिण एवम् दुर्गम क्षेत्रका विपन्न वर्गलाई समेत अभियानमा समेटी उनीहरूलाई विभिन्न स्वरोजगारका अवसर सिर्जना गराउन अभियान्ताहरू लागि पर्न आवश्यक देखिएको शर्माले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । 

उनले सहकारी संस्थाहरू पनि वित्तीय अनुशासन पालना गर्दै समुदायमा आधारित,सदस्य केन्द्रित र यसको मुल्य मान्यता सिद्धान्त र मर्म अनुरुपअघि बढेमा सहकारी अभियानले थप सार्थकता पाउने विश्वास व्यक्त गरे । वि.स.२०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको स्मरण गर्दै नेपालमा राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.