बोलेरो जीप दुर्घटनामा १४ जना घाइते

बोलेरो जीप दुर्घटनामा १४ जना घाइते
सुन्नुहोस्

दैलेख : कर्णाली राजमार्गमा बोलेरो जीप दुर्घटनामा परेको छ। राजमार्ग अन्तर्गत पर्ने दैलेखको आठबीस नगरपालिका–१ डाबस्थित जीप दुर्घटनामा परेको हो। 

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क १ ज ५५ नम्बरको डबल क्याप जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। 

दुर्घटनामा परी चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिए। ‘दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्, अन्य दुई जनाको खुट्टा भाँचिएको छ, उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लैजाने तयारी भइरहेको छ,’ डीएसपी लम्सालले भने।  

कालिकोटको नरहरिनाथ गाउँपालिका–७ का ७ वर्षीय भिष्ण बोगटी र ३३ वर्षीय दुर्गा बोगटीको अवस्था गम्भीर रहेको डीएसपी लम्सालले बताए। 

सामान्य घाइते भएकाहरूलाई कर्णाली राजमार्ग अन्तर्गत सांगेतडास्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ। 

जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ। डबल क्याप बोलेरो जीपको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.