उडानमा भएको लापरबाही पछि शेरचनलाई जिम्मेवारीबाट हटाइयो

उडानमा भएको लापरबाही पछि शेरचनलाई जिम्मेवारीबाट हटाइयो
सुन्नुहोस्

काठमाडौं : नेपाल एयरलाइन्सले अपरेसन (सञ्चालन) विभागका प्रमुख आरके शेरचनलाई उक्त जिम्मेवारीबाट हटाएको छ। 

उनको ठाउँमा पाइलट उद्धव घिमिरे नियुक्त भएका छन्। एयरलाइन्सको आन्तरिक छानबिनमा रहेका आरके शेरचनको जिम्मेवारी घिमिरेलाई दिइएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए। 

मलेसियासँगको अनुमति लाइसेन्स नवीकरण नगरेका र काठमाडौं–दुबई उडानमा कोपाइलटको व्यवस्था गर्न नसकेका शेरचनलाई जिम्मेवारीबाट हटाइएको हो। 

दुवै घटना शेरचनको भूमिका हुने तर उनले काममा लापरबाही गरेका कारण अपरेशन प्रमुखको जिम्मेवारीबाट हटाइएको प्रवक्ता पौडेलले बताए। शेरचन न्यारोबडिका क्याप्टेन तथा प्रशिक्षक पाइलट पनि हुन्। शेरचनले नियमित जिम्मेवारी (उडान तथा प्रशिक्षण) भने गर्ने पौडेलले बताए। 

घटना –१

हरेक वर्ष नविकरण गर्नुपर्ने मेलेसियाको फरेन एयरलाइन्स अपरेटिङ लाइसेन्स नवीकरण २ वर्षसम्म नगर्दा पनि अपरेशन विभागले वास्ता नगरेको बताइएको छ। हरेक वर्ष गर्नुपर्ने नवीकरणमा गम्भीर लापर्बाही गरेका कारण शेरचनलाई चेतावनी पनि दिइएको थियो। 

कुनै पनि देशले अर्को देशमा उडान भर्न उडान सञ्चालन अनुमति र नियमित(सेडुअल) उडान अनुमति लिनुपर्ने हुन्छ। मलेसियाको केसमा सेडुअल उडान अनुमति पाइरहेको तर उडान सञ्चालन अनुमति हुन सकेको थिएन। 

करिब २ महिनाअघि मलेसियाको उड्डयन प्राधिकरणबाट उडान अनुमति लिन भन्दै चिठ्ठी आएपछि मात्रै एयरलाइन्सको नेतृत्वले जानकारी पाएको एक कर्मचारीले बताए। 

उडान अनुमति नवीकरण नहुँदा उक्त उडान रद्द पनि हुन सक्छ। एयरलाइन्सको माथिल्लो तहबाट सिधा पहलपछि मात्रै मलेसियाले उडान सञ्चालन अनुमति दिएको प्रवक्ता पौडेलले बताए।

घटना–२

गत शनिबार राति साँढे ११ बजेको काठमाडौं–दुबई उडान कोपाइलटको अभावमा रद्द भयो। करिब १२ घन्टापछि आइतबार बिहान ११ बजे भने यात्रुहरूलाई गन्तव्य पठाइएको थियो। 

तर, आधारातमा यात्रुहरूलाई अलपत्र पार्दै नेपाल एयरलाइन्स अपरेसन विभागले वैकल्पिक व्यवस्थापन गर्न नसकेको भन्दै नेतृत्वले छानबिन समिति नै खडा गरेको छ। उक्त समितिले ३ दिनभित्र अर्थात् मंगलबारसम्म रिपोर्ट बुझाउने छ। 

कोपाइलट गोपालसिंह विष्टलाई स्वास्थ्यमा समस्या ( पखाला) देखिएपछि उनले उडान पूर्व करिब २–३ घन्टाअघि नै व्यवस्थापनलाई जानकारी गराएका थिए।

तर, एयरलाइन्ससँग वैकल्पिक पाइलट नै नभएका कारण व्यवस्थापन गर्न नसकेको हो। एउटा उडानमा क्याप्टेन र कोपाइलट गरी २ टिम हुन्छ भने वैकल्पिक व्यवस्थाका लागि १ जना राख्नुपर्ने हुन्छ। 

काठमाडौं–दुबई उडानका लागि काठमाडौंबाट दुबई २ पाइलटले उडाउने र दुबईबाट काठमाडौं बाँकी २ पाइलटले उडाउनुपर्ने हुन्छ। एउटा उडान गरेको ८ घन्टासम्म अर्को उडान गर्न नपाउने मापदण्डलाई पालना गर्नुपर्ने हुन्छ। 

तर, शेरचनले भने ४ जना पाइलटलाई १ महिने तालिमका लागि बहराइन पठाएका थिए। वाइडबडी उडाउनका लागि कुल ९ पाइलट रहेकोमा एकैपटक ४ जनालाई तालिममा पठाएकाले वैकल्पिक व्यवस्था हुन नसकेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए। घटनाको छानबिन गरी रिपोर्ट बुझाइने र दोषीलाई कारबाही गरिने पौडेलले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.