मिटरब्याजी समस्या छानबिन गर्न सरकारद्वारा जाँझबुझ आयोग गठन

मिटरब्याजी समस्या छानबिन गर्न सरकारद्वारा जाँझबुझ आयोग गठन
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : सरकारले मिटरब्याजी समस्याका विषयमा छानविनका लागि जाँझबुझ आयोग गठन गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजी समस्याका विषयमा छानविन गर्न तीन सदस्यीय जाँझबुझ आयोग गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 

पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा गठित आयोगमा पूर्व एआइजी उत्तमराज सुवेदी र गणेशबाबु अर्याल रहेका छन्। 

समितिलाई तीन महिनाको अवधि दिइएको र ठोस र मूर्त रूपमा मिटरब्याजीको समाधानका लागि तत्काल एक्सनमा जाने गरी प्रतिवेदन पेस गर्न भनिएको प्रवक्ता शर्माले बताइन्। समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय भएको उनले जानकारी दिइन्। 

त्यस्तै बैठकले गृहमन्त्रालयको मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.