बैतडीको मेलौली निःशुल्क स्वास्थ्य शिविर

बैतडीको मेलौली निःशुल्क स्वास्थ्य शिविर
सुन्नुहोस्

धनगढी : बैतडीको मेलौलीमा हुने स्वास्थ्य शिविरको तयारी तीव्र पारिएको छ। बैतडी समाज कैलालीले वैशाख ८, ९ र १० गते मेलौली नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य चौकी परिषरमा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको हो। 

पुर्ख्यौली घर बैतडी भएर कैलालीमा बसोवास गर्दै आएका व्यक्तिहरूले समाजको गठन गरेर समाजसेवा गरिरहेका हुन्। 

समाजले हरेक वर्ष बैतडी जिल्लाको दुर्गम भेगका जनतालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ। यसअघि समाजले बैतडीको पाटनमा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ।

बैतडीको मेलौलीमा हुने स्वास्थ्य शिविरमा विभिन्न ८ विधाका चिकित्सकहरूले निःशुल्क स्वास्थ्य जाँच गर्नेछन्।  शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति रोग, जनरल फिजिसियन, छाला रोग, नाक कान घाँटी रोग, दन्त रोग र बालरोग विशेषज्ञहरूले निःशुल्क परामर्श सेवा प्रदान गर्ने समाजका अध्यक्ष माया प्रकाश भट्टले जानकारी दिए।

शिविरमा धनगढी नेत्रालयले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत प्रदान गर्नेछ। दुर्गममा रहेका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले आयोजना गरिने स्वास्थ्य शिविरमा मेलौली नगरपालिका, पाटन नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका गरी चार वटा स्थानीय तहका नागरिकहरू लक्षित गरिएको छ। 

शिविरमा सबै प्रकारको औषधि निःशुल्क वितरण गरिने पनि समाजले जनाएको छ। शिविरमा अरू संघ संस्थाले पनि सहयोग गर्ने क्रम बढेको समाजले जनाएको छ। 

सामाजिक विकास मन्त्रालयले सोमबार मात्रै शिविरका लागि झण्डै डेढ लाख रकम बराबरको औषधि हस्तान्तरण गरेको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्यालले मन्त्रालयको तर्फबाट समाजलाई औषधि हस्तान्तरण गरेका हुन्। 

रोटरी क्लब अफ धनगढी, फाया नेपाल जस्ता तीन दर्जन संघसंस्था र व्यक्तिहरूले दुर्गमका जनता लक्षित स्वास्थ्य शिविरलाई सहयोग गरेका छन्। 

विभिन्न औषधि कम्पनीहरू, निजी अस्पतालहरूले पनि चिकित्सा सेवा र औषधि दिने क्रम जारी रहेको स्वास्थ्य शिविरका संयोजक तथा समाजका उपाध्यक्ष गजेन्द्रवीर चन्दले जानकारी दिए। 

बैतडी समाज कैलालीले हरेक वर्ष दुई पटक रक्तदानको आयोजना पनि गर्दै आएको छ। रगतको अभावलाई लक्षित गर्दै समाजले हरेक ६/६ महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.