जावलाखेल सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा

जावलाखेल सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा
सुन्नुहोस्

काठमाडौं : सातदोबाटो युथ क्लबलाई पराजित गर्दै जावलाखेल युथ क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। 

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो। 

जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरे। सातदोबाटोका दीपक सिंह ठकुरीले एक गोल फर्काए। खेलको ४३ औं मिनेटमा फोफानाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। 

५० औं मिनेटमा मोसाबीले गोल गर्दा जावलाखेल २-० ले अघि रह्यो। त्यसपछि खेलको ७५ औं मिनेटमा जावलाखेलका दीपकले एक गोल फर्काएपनि जावलाखेल २-१ ले विजयी भयो। जितसँगै जावलाखेलले ६ खेलमा १३ अंक जोडेको छ। सातदोबाटो ६ खेलमा १२ अंक जाडेको छ।

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाइटेडले बराबरी खेल्दै अंक बाडेका छन्। च्यासल मैदानमा मंगलबार एनआरटी र चर्च ब्वाइजले २-२ गोलको बराबरी खेलेका हुन्। 

खेलको २० औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजले सुरुआती अग्रता लिएको थियो। ६२ औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २-० को अग्रता दिलाए। 

तर, खेलको ७१ औं मिनेटमा रोशन खड्कीले गोल गर्दै एनआरटीलाई २-१ को स्थितिमा ल्याए। त्यसपछि खेलको इन्जुरी समयमा सरोज तामाङले गोल गर्दै एनआरटीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए। यस बराबरीसँगै एनआरटीले ६ खेलमा ३ अंक जोडेको छ। चर्च ब्वाइजले ६ खेलमा १२ अंक जोडेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.