कांग्रेसमा ४ मन्त्रीको नाम टुङ्ग्याउन सकस

कांग्रेसमा ४ मन्त्रीको नाम टुङ्ग्याउन सकस
सुन्नुहोस्

काठमाडौं : कांग्रेसले पार्टीको भागमा परेको बाँकी ४ जना मन्त्रीको नाम अझै टुंग्याउन सकेको छैन। कांग्रेसभित्रको गुटगत विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। कांग्रेसको भागमा परेका मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैसँग राखेका छन्। कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा. प्रकाशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकासमन्त्रीमा सीता गुरुङ मात्रै नियुक्त भएका छन्। 

सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कांग्रेसले सरकारमा सहभागी हुनेको सूची नपठाउँदा सरकारले पूर्णता पाउन नसकेको बताइन्। मन्त्रिपरिषद्को निर्णय मंगलबार सार्वजनिक गर्दै उनले भनिन्, ‘कांग्रेसबाट मन्त्रीको नाम नदिँदा मन्त्रिपरिषद्ले पूर्णता नपाएको हो। क्याबिनेटमा छलफल पनि भइरहेको छ। अब केही दिनमा सरकारले पूर्णता पाउँछ। कांग्रेसले मिलाउने बित्तिकै विस्तार हुन्छ।’

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका अर्का उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूको नाम पनि मन्त्रीको सूचीमा राखेका थिए। तर, शेखर कोइराला पक्षले आफ्नो समूहबाट ३ जनालाई नसमेटेसम्म सरकारमा सहभागी नहुने अडान लियो। शेखर पक्षका २ जना नेतालाई मात्र समेट्दा देउवा पक्षका अरू २ नेतालाई देउवाले पछि सारे। जसमा नेता एनपी साउद र मोहन बस्नेत मन्त्रीको लागि पक्कापक्की गरेका थिए। 

प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाँकी छन्। त्यसो त प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका मन्त्री खड्कासँग नियमित संवादमा छन्। बालुवाटार स्रोतका अनुसार बुधबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रचण्डको तयारी छ। 

प्रधानमन्त्री प्रचण्डले कांग्रेसका इत्तर पक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग पनि छुट्टाछुट्टै संवाद गरेका छन्। बालुवाटार स्रोतका अनुसार कांग्रेसले मन्त्रिपरिषद्लाई पूर्णता दिने कुरामा सहयोग गर्न प्रचण्डले आग्रह गरेका थिए। गठबन्धनमा भएको सहमतिअनुसार ८ मन्त्री र एक राज्यमन्त्री कांग्रेसले पाएको हो। पार्टीभित्रको गुटगत सन्तुलन मिलाउन कांग्रेसले थप एक मन्त्रालय पाउनुपर्ने माग सभापति देउवाले राखेका छन्। शेखर–गगन समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने अडान लिएपछि कांग्रेस सभापति देउवा पनि दबाबमा छन्। नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने तयारीमा रहेका देउवाले शेखर समूहलाई दुई मन्त्री र एक राज्यमन्त्रीको प्रस्ताव गरेको अवस्था छ। 

शेखर समूहले देउवाले छुट्ट्याएको दुई मन्त्रीको प्रस्ताव स्वीकार्न सकेको छैन। देउवा पक्षका अर्का एक नेता भन्छन्, ‘पार्टीभित्रका प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला पक्षको कुनै एक सांसदलाई देउवाले मन्त्री दिए भने शेखर टिमले पाउने दुई सिट मात्र हो। सिटौला पक्षका भनेर चिनिएका नेता प्रदीप पौडेललाई मन्त्री बनाउने तयारीमा पनि सभापतिजी हुनुहुन्छ। पौडेलजीको विषयमा संस्थापन र इतर पक्षमा नै समस्या छैन,’ ती नेताले भने। 

सहमहामन्त्री जीवन परियारले भने तीन मन्त्रालय आफ्नो पक्षले निष्पक्ष पाउनुपर्छ भन्ने समूहको अडान रहेको भन्दै अगाडि भने, ‘तीन मन्त्रालय हाम्रो सुरु देखिको माग हो। त्यसको तय नभई हामी नाम नाम पठाउँदैनौं।’ शेखर समूहले इच्छाएका मन्त्रालयमा स्वास्थ्य, कृषि र कानुन मन्त्रालय रहेका छन्। सो समूहले माग सम्बोधन भए मापदण्डअनुसार मन्त्री छनोट गरी सभापतिलाई नाम दिने तयारीमा छ। शेखर समूहबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, मोरङका जिल्ला सभापति रहिसकेका नेता डिगबहादुर लिम्बू मन्त्री बन्ने करिब तय भएका नाम हुन्। उता मन्त्रालयको भागबन्डामा असहमति जनाउँदै जनमत पार्टी सरकारबाट बाहिरिएको छ। जनमत पार्टीका अब्दुल खानले खानेपानी मन्त्रीबाट राजीनामा दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.