२ वर्षको म्याद, ६ वर्षसम्म अधुरै

२ वर्षको म्याद, ६ वर्षसम्म अधुरै
सुन्नुहोस्

धनगढी : सुदूरपश्चिमका लागि गौरव गर्न लायकको मोहनापुल–अत्तरिया सडक ६ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन। हस्तान्तरण नहुँदै कालोपत्रे बिग्रिएको छ। घुम्तीमा पानीको निकास नहुँदा झरी पर्ने बित्तिकै सडकमै आहाल जम्ने गरेको छ भने सडकको फिनिसिङको धेरै काम पनि अधुरै छ।

भारतको सिमानाका गौरीफन्टा नजिकैको मोहनापुलदेखि प्रदेशको राजधानी तोकिएको तेधरी क्षेत्र जोड्ने ६ लेनको पुल निर्माण सम्झौताभन्दा ४ वर्ष बढी भइसक्दा पनि सम्पन्न हुन नसकेको हो। मोहनापुल–अत्तरिया झण्डै १५ किलोमिटर सडक सुदूरपश्चिम प्रदेशका लागि पहिलो ६ लेनको सडक हो। नेपाल सरकारको डेढ अर्बभन्दा बढी लगानीको उक्त सडक भारतको सिमाना गौरीफन्टादेखि प्रदेशको राजधानी तोकिएको क्षेत्र नजिकको अत्तरिया बजारसम्म निर्माण ठेक्का भएको थियो।

तीन खण्डमा २०७४ जेठमा सम्झौता भएको उक्त सडक सम्झौता अवधि सकिएको ४६ महिना पुग्दा पनि सम्पन्न भएको छैन। कालोपत्र विभिन्न स्थानमा टुटेको छ भने घुम्तीहरूमा पानीको निकास नहुँदा सडकमै पानी जम्ने गरेको छ। केही स्थानमा रेलिङ बन्न बाँकी छ भने एकपटक गरिएको सडकको पेन्ट पनि मेटिएको छ। सडकमा हुनुपर्ने लेन डिभाइडर पनि राखिएका छैनन भने पैदलयात्रीका लागि जेब्राक्रसिङ जस्ता सडक संकेत पनि हस्तान्तरण नहुँदै मेटिएका छन्।

‘६ लेन सडक भनिएको छ। ठाउँ–ठाउँमा कालोपत्र भत्किएको छ। धेरै ठाउँमा त कालोपत्र दबिसकेको छ। घुम्तीहरूमा पानी निकास नहँुदा तीव्र गतिका सवारीले पानी छ्याप्ने समस्या देखिएको छ’, स्थानीय आनन्द पन्तले भने, ‘सडक तोकिएको स्टिमेटअनुसार बनेको जस्तो लाग्दैन। सरकारले यसको छानबिन गर्नुपर्छ।’ मोहनापुल–अत्तरियासम्मको सडकमा सवारीसाधन तीव्र गतिमा चल्छन्। ६ लेनको कालोपत्र भएपछि सटकमा सवारीको चाप पनि बढेको छ। तर, अधिकांश स्थानमा खाल्टा र उचोनिचो भएकाले गाडी नै पल्टिने खतरा बढेको छ। ‘सडक गुणस्तरको बनेको जस्तो लाग्दैन’, धनगढी–अत्तरिया सडकमा अटो रिक्सा चालक हर्कबहादुर साउदले भने।

सडक विभागअन्तर्गतको सीमा क्षेत्र व्यापारिक मार्ग परियोजनाअन्तर्गत निर्माण भएको उक्त १५ किलोमिटर सडक, तीन खण्डमा ठेक्का सम्झौता गरिएको थियो। मोहनापुल–बोराडाँडीसम्मको साढे ४ किलोमिटर सडकको शर्मा÷अमर÷नागार्जुन जेभीले २०७४ जेठ १० गते ५८ करोड १७ लाखमा निर्माण सम्झौता गरेको थियो। उक्त खण्ड बजार क्षेत्रमा पर्ने खण्ड हो। यसको धेरै स्थानमा रेलिङको काम अलपत्र छ। यस खण्डमा एकपटक लगाइएको सडकको लेन छुट्याउने पेन्ट (सडक मार्किङ) मेटिसकेको छ। सडकको घुम्तीमा पानी जम्ने गरेको छ। घुम्ती भएको स्थानमा दायाँतिर गहिरो बनाएर त्यो गहिरोको पानी नालीमा पास गर्नुपर्ने स्टिमेटमा उल्लेख छ। तर, निर्माण व्यवसायीले घुम्तीको पानी निकास गरेका छैनन्।

यस खण्डका निर्माण व्यवसायीको निधन भइसकेकाले अरू साझेदारहरूले यस सडकको बाँकी काम गर्न आनाकानी गरिरहेका छन्। २ वर्षको ठेक्का सम्झौतामा पटकपटक गरी थपिएको ३९ महिनाको थप म्याद पनि असोज मसान्तमा सकिएको छ। यस निर्माण व्यवसायीले ५८ करोडमा ५१ करोड ७७ लाख भुक्तानी बुझिसकेका छन्। बोराडाँडीदेखि गेटासम्मको साढे ४ किलोमिटर सडक, लक्ष्मी-राजेन्द्र-डाँफे जेभीले ५२ करोड १४ लाखमा सोही दिन ठेक्का सम्झौता गरेको थियो। त्यसपछिको गेटादेखि अत्तरियासम्मको ५ दसमलव १९७ किलोमिटर सडकको लामा÷राजेन्द्र÷डाँफे जेभीले जेठ १ गते ५८ करोड ३३ लाखमा ठेक्का लिएको थियो। साझेदारीमा ठेक्का हाले पनि यी दुवै खण्डको धनगढीको राजेन्द्र निर्माण सेवाले निर्माण गरेको थियो।

यी दुवै ठेक्कामा पनि ४० महिना म्याद थपिएको छ। त्यो पनि असोज मसान्तमा सकिएको छ। यी दुई ठेक्कामा पनि कबोल अंकको ९० प्रतिशत भुक्तिानी भइसकेको छ। ‘हामीले तीनवटै प्याकेजका निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गरेर बाँकी रहेको काम सम्पन्न गर्न भनिरहेका छौं। हुन्छ त भन्छन् तर समयमा काम भने भएको छैन,’ यस योजना हेरिरहेका इन्जिनियर सन्तोष चन्दले भने। उनले, तीनवटै ठेक्काको अधुरो काम चैतभित्रै सुरु गर्न पत्राचार गरिएको बताए। ‘हामीले चैतमै बाँकी काम गर्न ताकेता गरेका छौं। अब मर्मत समय पनि सुरु भइसकेको छ। १२ महिनाको मर्मत समय हुन्छ, त्यो समयावधिमा पनि सडक सम्झौताअनुसारको भएन भने उनीहरूको बैंक ग्यारेन्टी वा बाँकी रहेको भुक्तानीबाट कटौती गरिन्छ’ इन्जिनियर चन्दले भने।

निर्माणको ९५ प्रतिशत काम सकिएको भन्दै मोहनापुल–अत्तरिया सडक योजना खारेज भइसकेको छ। अहिले ६ लेन सडक हेर्ने जिम्मा महेन्द्रनगरमा रहेको महाकाली पुल योजना कार्यालय कञ्चनपुरलाई दिइएको छ। राजेन्द्र निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन भट्टले पनि कालोपत्रको केही भागमा समस्या आएको र केही फिनिसिङको काम पनि बाँकी रहेको स्वीकारे। ‘हामीले कालोपत्र गरेको साढे ९ किलोमिटरमध्ये ६ मिटरमा केही समस्या देखिएको छ। हामीले त्यस समस्याको अध्ययन पनि गराएका छौं। काठमाडौंमा ल्याब परीक्षणका लागि पठाइएको छ। त्यसमा देखिएको समस्या समाधानका लागि कम्पनी तयार छ,’ उनले भने।

उनले सडक मर्मत र फिनिसिङको काम गर्न योजना कार्यालयलाई कार्ययोजनासहितको प्रतिवेदन बुझाइसकेको र चैतबाट काम सुरु हुने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.