प्रेमनाथ ठाकुरको निलम्बन फुकुवा, अख्तियारमा भने मुद्दा छानबिनमा नै

प्रेमनाथ ठाकुरको निलम्बन फुकुवा, अख्तियारमा भने मुद्दा छानबिनमा नै
सुन्नुहोस्

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणको निलम्बनमा परेका उपमहानिर्देशक प्रेमनाथ ठाकुरलाई हवाइ सेवा निर्देशनालयको प्रमुखको जिम्मेवारी दिइएको छ।  

२ महिनाअघि घुस (गैर कानुनी लाभ) मागेको अडियोका कारण निलम्बनमा परेका ठाकुरलाई फुकुवा गरी बिहीबार जिम्मेवारी दिइएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक ठाकुरले अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग घुस मागेको अडियो सार्वजनिक भएपछि प्राधिकरण सञ्चालक समितिले निलम्बन गरेको थियो। 

पर्यटन मन्त्रालयको निर्देशनमा ठाकुरलाई निलम्बन गरिएको थियो भने आन्तरिक रूपमा छानबिन गर्न प्राधिकरणले उपसमिति खडा गरेको थियो। उक्त उपसमितिले दोषी देखिन प्रमाण जुटाउन नसकेको र उपसमितिकै सिफारिसमा निलम्बन फुकुवा गरिएको बताइएको छ।

प्राधिकरणको कर्मचारी नियमावली अनुसार निलम्बन गरेको ३ महिनाभित्र आरोपलाई प्रमाणित गर्न नसके स्वतः फकुवा हुन्छ भन्दै ती अधिकारीले सोही बमोजिम ठाकुरलाई निलम्बन फुकुवा गरी काममा फर्काइएको बताए।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भने ठाकुरको मुद्दा छानबिनमा नै रहेको छ। प्राधिकरणले निलम्बन गरेसँगै ठाकुरको मुद्दालाई आयोगले पनि छानबिन प्रक्रिया अघि बढाएको थियो। 

‘प्राधिकरणले ठाकुरलाई निलम्बन गरेपछि अख्तियारले सार्वजनिक भएको अडियो र अन्य कागजात मागेको थियो। तर, २ महिना बितिसक्दा पनि थप कागजात पनि नमागेको र कुनै निर्णय पनि गरेको छैन,’ उनले भने। 

ठाकुरले पैसा मागेको अडियो भेटिएको छर लिएको नै प्रमाण नभेटिएका कारण निलम्बनमा राख्नुको औचित्य नहुने ती अधिकारीले बताए। आयोगले छानबिनका क्रममा दोषी ठहर गरे कारबाही अघि बढाउने पनि उनले जानकारी दिए।

गत माघ २६ गते थाइ स्माइल एयरलाइन्सको नेपालका लागि जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेशनलका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने सम्बन्धको अडियो सार्वजनिक भएको थियो।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.