‘एकताको सुत्रमा बाध्ने मेरो प्राथमिकता’

‘एकताको सुत्रमा बाध्ने मेरो प्राथमिकता’
सुन्नुहोस्

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)  कार्यकारी अध्यक्ष डा. बद्री केसीले सम्पूर्ण गैरआवासीय नेपालीलाई एकताको सुत्रमा बाध्ने बताएका छन्। 

डा. केसीले शुक्रबार कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। अध्यक्ष रविना थापाले औपचारिक रुपमा कार्यकारी पद हस्तान्तरण गरिन्। संघमा तीन जना अध्यक्ष छन्। 

पत्रकार सम्मेलनमा डा. केसी आगामी ६ महिनाको कार्ययोजना क्यालेण्डरसहित प्रस्तुत गर्दै १९ बुँदे प्रतिवद्धतापत्र व्यक्त गरे। अध्यक्ष डा. केसीले संघको १० औँ महाधिवेशनमा देखिएको विशेष परिस्थितिका कारण संघको अभियानबाट बाहिर रहेका नेपाली समेत एकताको सुत्रमा बाँध्न पहल गर्ने बताए। 

२० वर्षअघि सुरु भएको संघको अभियानमा काँड थाप्न पाउँदा खुसी लागेको बताए। एक वर्षमा नेपाली नागरिकताको निरन्तरता, सामाजिक सुरक्षा कोष, विदेशमै बसेर नेपालमा डलर खाता खोल्ने अवसर, मोबाइल ब्लड बस, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान, पर्यटन प्रवर्द्धन  कार्यक्रम, पोखरामा स्मार्ट ट्वाइलेट, राष्ट्रिय खेलकुद तथा कराँते प्रतियोगितामा गैरआवासीय नेपालीको सफलता लगायतका विषयमा उल्लेख्य रुपमा प्रगति भएको बताए।  

संघको पुनर्संरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शिता, लगायतका कार्यको जग स्थापना भइसकेको उनको भनाइ छ।

उनले संघको संशोधित विधानले संघका पुनर्संरचनाका लागि स्मार्ट एनआरएनए अन्तर्गत विश्वव्यापी रुपमा एमआईएस प्रणालीमार्फत सदस्यता वितरण सुरुआत गरिएको बताए। 

केसीले श्रम सीप बैंक स्थापना गर्न पहल गर्ने, नागरिकताको सुनिश्चतता, एनआरएनए कार्ड, लगानी भित्र्याउन जोड, स्टार्टअप कार्यक्रम सञ्चालन गर्न पहल गर्ने बताए। 

कार्यकारी अध्यक्ष केसीले संघको संशोधित विधान कार्यान्वयन गर्ने, दोस्रो पुस्ताका युवालाई अभियानमा समेट्ने, संघका क्षेत्रीय सम्मेलनलाई परिणामुखी र पारदर्शी बनाइने, संघको सचिवालय व्यवस्थित गरिने, 
अध्यक्ष कुल आचार्यले अहिले ३ जना अध्यक्षको व्यवस्था गरिए पनि अक्टुबर २३ मा हुने अधिवेशनपश्चात एक जना मात्रै अध्यक्ष हुने बताए। कार्यविधि बनाएर काम गरिएकाले खासै विवाद नआएको उनको भनाइ छ। रविना थापाले सहकार्य र समन्वयमा अघि बढेको बताइन्। 

कार्यक्रममा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष भवन भट्ट, संस्थापक महासचिव भिम उदास, उपाध्यक्षद्धय डिबी क्षेत्री, गैरआवासीयहरु दुर्गा आचार्य, टिबि कार्की, अर्जुन श्रेष्ठ, योगेन क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.