धरानमा निजी शैक्षिक संस्था खोलेर ठगी धन्दा

धरानमा निजी शैक्षिक संस्था खोलेर ठगी धन्दा
सुन्नुहोस्

धरान : धरान उपमहानगरपालिकामा निजी शैक्षिक संस्था खोलेर ठगी धन्दा सञ्चालन गर्नेहरूको ठूलो गिरोह रहेको खुलासा भएको छ। 

प्राईभेट एसइई र ट्युसन कक्षा सञ्चालन गर्दै आएका संस्थाहरूले विद्यार्थीहरूसँग मोटो रकम असुल गरी ठगी धन्दा सञ्चालन गर्ने गरेको पाइएको हो। 

यही चैत १७ गतेदेखि सञ्चालन भएको एसइई परीक्षामा मोरङका विभिन्न स्थानबाट २ सयभन्दा बढी नक्कली परीक्षार्थी पक्राउ परेका छन्। 

पक्राउ परेका नक्कली परीक्षार्थीहरूले विद्यार्थीहरूसँग मोटो रकम असुल गरी एसइई पास गराउनका लागि आफूहरूलाई प्रयोग गरेको प्रहरी समक्ष बयान दिएका छन्। 

एसइई पास गराइदिने भन्दै विभिन्न विद्यार्थीहरूसँग रकम असुल गरी स्नातकसम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई प्रत्यक विषयको ५ सयदेखि ८ सयसम्म रुपैयाँसम्म नक्कली परीक्षार्थीका रूपमा खटाउने गरेको पाइएको छ। 

यसरी नक्कली परीक्षार्थीहरूलाई खटाउने अधिकांश धरानका निजी ट्युसन सेन्टरहरूका सञ्चालकहरू भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक उदय शमशेर जबराले जानकारी दिए। 

ठगी धन्दा सञ्चालन गर्ने गिरोहले वास्तविक परीक्षार्थीहरूबाट भने एसइई परीक्षा पास गराई दिएवापत २ देखि ४ लाखसम्म रकम असुल्ने गरेको पाइएको छ। 

धरानमा निजी ट्यूसन सेन्टर सञ्चालन गरी ठगी गर्नेहरूमा डल्फिन एकेडेमी, प्यासिफिक इन्च्ट्यिुच, टेरेसा इन्च्ट्यिुच, युनिक इन्च्ट्यिुच गुडविल इन्चिट्युच  प्रफेट मल्टिपल इन्च्ट्यिुच रहेका छन्। 

यी मध्य डल्फिन एकेडेमीका सञ्चालक सन्तोष राईलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक जबराले जानकारी दिएका छन्। प्रहरीले शनिबार डल्फिन एकेडेमीमा छापामारी आवश्यक कागजपत्र समेत बरामद गरेको छ।  

ठगी धन्दा चलाउने ट्युसन सेन्टरका अन्य सञ्चालकहरू फरार रहेकाले खोजी कार्य भइरहेको उनले बताए। प्रहरीले पक्राउ गर्न समस्या पर्ने भन्दै उनीहरूको नाम गोप्य राखेको छ। 

धरानका ट्युसन सेन्टरहरूले शैक्षिक संस्थाको नाम राखेका भए पनि धरान उपमहानगरपालिकामा भने व्यावसायिक रुपमा संस्था दर्ता गरेको पाइएको छ। 

व्यावसायिक रूपमा संस्था दर्ता गरी शैक्षिक संस्थाको रुपमा कक्षा सञ्चालन गर्दा अवैध हुने शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले बताएका छन्। 

समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य सागर चेम्जोङले विद्यार्थीलाई आर्थिक प्रलोभनमा पारी ठगी धन्दा चलाउने ट्युसन सेन्टरका सञ्चालकहरूलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। 

प्रहरी निरीक्षक जबराले नक्कली परीक्षार्थी परिचालन गर्ने गिरोहका नाइकेहरूको पहिचान भइसकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिसकिएको बताएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.