३० वर्षदेखि अतिक्रमित मन्दिरमा चल्यो डोजर

३० वर्षदेखि अतिक्रमित मन्दिरमा चल्यो डोजर
वीरगन्ज–१० घडीअर्वास्थित रामजानकी मन्दिरमा डोजर लगाइँदै ।
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको वडा नम्बर १० घडिअर्वास्थित ऐतिहासिक रामजानकी मन्दिरको प्रवेशद्वार नै थुनेर मन्दिरको जग्गा अतिक्रमण गरी बनाइएको पक्की घर महानगरपालिकाले भत्काएर हटाएको छ।

घडिअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको रामजानकी मन्दिरमा भएको अतिक्रमण शनिबार महानगरका मेयर राजेशमान सिंह आफंै पुगेर डोजर लगाएर हटाएका हुन्।

आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगरविरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत अस्थायी इजलाश वीरगन्जमा रिट दिएका थिए। 

तर, उक्त रिट अदालतबाट अस्वीकार भएसँगै शनिबार महानगरपालिकाले कथित पुजारी तिवारीले मन्दिर नै बन्धक बनाउने गरी निर्माण गरेको पक्की संरचना डोजर लगाएर भत्काएको हो।

गत फागुन ४ गते पुजारी तिवारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरपालिकाले अदालतमा निवेदन दिएकोमा शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै शनिबार मन्दिरलाई बन्धक बनाएर गरिएको अतिक्रमण हटाइएको हो।

घडीअर्वाका स्थानीयका अनुसार पुजारी तिवारीले विगत ३० वर्षदेखि मन्दिर प्रवेशमा रोक लगाएर मन्दिरकै जग्गा अतिक्रमण गरी त्यसमा पक्की संरचनाका सटरहरू निर्माण गरेर भाडा असुली गर्दै आएका थिए।

विक्रम संवत १९८२ सालदेखि नै रामजानकी मन्दिरको नाममा रहेको उक्त जग्गामा पुजारी तिवारीले विगत ३० वर्षदेखि मन्दिर नै बन्धक हुनेगरी अतिक्रमण गरेर तीनैतर्फ पक्की संरचना बनाएर सटर भाडामा लगाएका थिए।

शनिबार वर्षौंदेखि मन्दिरको जग्गामा पुजारी तिवारीले गरेको अतिक्रमण हटेसँगै घडीअर्वाका स्थानीयले खुसी भएर मेयर सिंहलाई लड्डु खुवाउनुका साथै अन्यलाई पनि बाँडेका थिए।

खुसी भएर लड्डु बाँडेका घडीअर्वाका स्थानीय युवा राकेश साहले भने, ‘हाम्रो वडाको सार्वजनिक सम्पदा फिर्ता पाउँदा सबै वडावासी खुसीले गद्गद् छौं।’

अदालतले महानगरकै पक्षमा आदेश दिएसँगै तिवारीले मन्दिरको स्वामित्वमा रहेका जग्गामा अतिक्रमण गरी बनाएका अन्य सबै संरचनाहरू पनि अब हटाएर मन्दिरलाई पुरानै संरचनामा फर्काउने मेयर सिंहले बताए। उनले भने, ‘मन्दिरमा गरिएको अतिक्रमण सबै हटाएर खाली गराउछौं, मन्दिरलाई अब दैनिक पुजापाठ हुने गरी संचालनमा ल्याउछौं।

शनिबार मन्दिरको अतिक्रमण हटाउन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर १० का वडा अध्यक्ष सुशीलकुमार साह कानु, मेयर सिंहका प्रेस सल्लाहकार महेश दास, स्वकीय सचिव सत्यराज घिमिरे, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, प्रशासन प्रमुख राज ताम्राकार, सरसफाइ प्रमुख सर्फुदिन मियाँसमेतको टोली पनि पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.