उड्दा उड्दै तालमा खसेका तीनवटा कालो चिलको उद्धार

उड्दा उड्दै तालमा खसेका तीनवटा कालो चिलको उद्धार
सुन्नुहोस्

पोखरा : फेवातालको आकाशमा कावा खाँदै गर्दा तालमा खसेका तीन वटा कालो चिलका बच्चाको स्थानीयले उद्धार गरेका छन्। पोखरा-६ बैदामको गैहको चौतारा क्षेत्रको तालमा खसेका कालो चिलका बच्चाको उद्धार गरिएको हो। 

उड्दै गरेका चिलहरू एक्कासि एकपछि अर्को गरी तालमा खसेर डुब्न थालेपछि डुंगामा गएर डुब्दै गरेका चिलको उद्धार गरिएको स्थानीय खिम लामिछानेले बताए। तालमा चिल खसेर डुब्दै गर्दा अरू चिलहरू डुब्दै गरेको चिलको नजिकै गएर उद्धार गर्न खोजेको दृश्यले छिटो उद्धार गर्न प्रेरित गरेको पनि उनले सुनाए। 

तालमा खसेका तीन वटा चिलहरूमध्ये एउटालाई भने बचाउन नसकिएको उद्धारमा संलग्न स्थानीय सुनील चौलागाइँले बताए। दुई वटा चिलको जीवितै उद्धार गरिएको उनले बताए।

तालमा खसेका चरा कालो चिल प्रजातिको चराको बच्चा भएको र उडान सिक्ने क्रममा खसेको हुन सक्ने चरा विज्ञ कृष्ण भुसालले बताए। यति बेला चिलले बच्चा हुर्काएर उड्न सिकाउने समय नै भएकाले उडान भर्ने क्रममा चरा तालमा खसेको हुन सक्ने उनको भनाई छ। 

पछिल्लो समयमा वन्यजन्तु संरक्षणमा युवाहरूको चासो बढेको छ। वन्यजन्तु घाइते अवस्थामा देखिए उद्धार गरेर वनलाई बुझाउनु पर्छ भन्ने भावना पछिल्लो समयमा विकास हुँदै गएको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीले बताए। 

कास्कीमा घाइते अवस्थाका वन्यजन्तुको उद्धार गरेर अफिसमा ल्याउने, खबर गर्ने काम बढी रहेको पनि उनले बताए। प्रकृति, वन्यजन्तु संरक्षण सबैको सहयोगमा मात्र सम्भव हुने पनि उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.