बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्दैः बहादुर र तीर्थ मन्त्री बन्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्दैः बहादुर र तीर्थ मन्त्री बन्ने
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। 

उनले केही बेरमा नै नेपाली कांग्रेसको तर्फबाट २ जना मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्। 

नेपाली कांग्रेसको तर्फबाट बागमती सरकारमा संसदीय दलका नेतासमेत रहेका बहादुर सिंह लामा र तीर्थ लामा सहभागी हुँदै छन्। 

मुख्यमन्त्री कार्यालय स्रोतले दिएको जानकारी अनुसार बहादुर सिंह लामालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थ लामालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो। 

दुवैलाई आजै नियुक्त गरी साँढे ६ बजे सपथ गराउने तयारी रहेको समेत मुख्यमन्त्री कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.