आफिजको पाँच गोल

आफिजको पाँच गोल
सुन्नुहोस्

काठमाडौं : साविक विजेता मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ। ललितपुरको च्यासल मैदानमा मंगलबार भएको खेलमा मच्छिन्द्रले खुमलटारलाई ७–३ गोलको फराकिलो अन्तरले पराजित गरेको हो। मच्छिन्द्रको प्रभावशाली जितमा ओलावाले आफिजले पाँच गोल गरे। जारी लिगमा उनको पहिलो ह्याट्रिक हो। यस्तै विमल घर्तीमगर र विजय भुजेलले एक-एक गोल थपे। खुमलटारका मेसुके ओलुमोउले दुई तथा स्टेफेन बिनोङले एक गोल फर्काए।

ओलावालेले खेलको २५औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए। २९औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको इन्जुरी समयमा विमल घर्तीमगरले गोल गर्दै मच्छिन्द्रको अग्रता बढाएका थिए। ५६औं मिनेटमा ओलावालेले ह्याट्रिक पूरा गरेका थिए। उनले पेनाल्टीमा गोल गर्दै मच्छिन्द्रलाई ४–० को अग्रता दिलाएका थिए। ६१औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई खेलमा फर्काएका थिए। त्यसको एक मिनेटलगत्तै ओलावालेले चौथो गोल गर्दै मच्छिन्द्रलाई ५–१ को अग्रता दिलाएका थिए।

खेलको ६७औं मिनेटमा ओलावालेले व्यक्तिगत पाँचौं गोल गरेका थिए। उनको गोलसँगै मच्छिन्द्रले ६–१ को अग्रता बनाएको थियो। नाइजेरियन स्ट्राइकर ओलावाले जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन्। उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा पनि उक्लिएका छन्। उनले अहिलेसम्म आठ गोल गरिसकेका छन्। ७६औं मिनेटमा स्टेफन बिनोङले गोल गर्दै मच्छिन्द्रको अग्रता कम गरेका थिए। ८१औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई ६–३ को स्थितिमा ल्याएका थिए। त्यसपछि खेलको ८७औं मिनेटमा विजय भुजेलले गोल गर्दै मच्छिन्द्रलाई ७–३ को जित दिलाए। जारी लिगमा मच्छिन्द्रको तेस्रो जित हो। मच्छिन्द्रले आठ खेलमा १२ अंक जोडेको छ। मच्छिन्द्र लिगको छैटौं स्थानमा उक्लिएको छ। खुमलटारले भने पाँचौं हार बेहोरेको छ। आठ खेलमा सात अंक जोडेको खुमलटार १०औं स्थानमा छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.