सगरमाथा आरोहणका क्रममा मृत्यु भएका शेर्पाको शव ल्याउन हेलिकोप्टर पठाइँदै

सगरमाथा आरोहणका क्रममा मृत्यु भएका शेर्पाको शव ल्याउन हेलिकोप्टर पठाइँदै
फाइल तस्बिर।
सुन्नुहोस्

सोलुखुम्बु  : सगरमाथा आरोहणका क्रममा हिमपहिरोको ढिस्कोमा पुरिएर मृत्यु भएका तीनजना शेर्पाको शव लिन हेलिकोप्टर पठाउने तयारी भएको छ। मृतकको शव झिक्न उद्दार टोली गए पनि शवहरू खोचमा भएका कारण उद्धार प्रयास असफल भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति जनाएको छ । 

सगरमाथा हिमाल आरोहणको क्रममा हिमपहिरोमा परेर आज बिहान तीनजना शेर्पाको मृत्यु भएको थियो।

खुम्बु आइसफल नजिकै क्याम्प १ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङल्हमु गाउँपालिका ५ का तीनजना शेर्पा आरोहीको मृत्यू भएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।

मृत्यु हुनेहरूमा तेन्जिङ शेर्पा,लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । इमेजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणको क्रममा गाइडको रुपमा हिँडेका शेर्पाहरू हिउँमा बेपत्ता भएका हुन्।

 शवहरू खोचमा पुरिएको अवस्थामा भेटिएका छन्।


 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.