हिउँको ढिस्कोमा पुरिएर सगरमाथा आइसफलमा तीन शेर्पा बेपत्ता

हिउँको ढिस्कोमा पुरिएर सगरमाथा आइसफलमा तीन शेर्पा बेपत्ता
फाइल तस्बिर।

काठमाडौं :  सगरमाथा बेसक्याम्प नजिकै तीनजना शेर्पा बेपत्ता भएका छन्।  बेसक्याम्पबाट क्याम्प  वानमा जानेक्रममा खुम्बु आइसफल भन्ने स्थानमा उनीहरू बेपत्ता भएका हुन्।  ढिस्कोले पुरिएर उनीहरू बेपत्ता भएको पर्यटन मन्त्रालयको स्रोतले बताएको  छ।

बेपत्ता हुनेमा दावाछिरी शेर्पा, पेम्मा तेन्जिङ शेर्पा र लाक्पा रिता शेर्पा हुन्। उनीहरू पासाङलामु गाउँपालिका ठेसोका स्थानीय हुन्।

हिमाल आरोहण गर्नेहरूलाई डोरी टांग्ने (रोप फिक्सिङ) काममा उनीहरू खटिएका थिए। इमेजिन नेपाल एक्स्पिडिसनबाट उनीहरू त्यसतर्फ गएका थिए। 

घटनाबारे थप विवरण आउन बाँकी छ।
 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.