कोसी अस्पतालमा मृगौला प्रत्यारोपणको तयारी

कोसी अस्पतालमा मृगौला प्रत्यारोपणको तयारी
मृगौला प्रत्यारोपण सेवा सुचारु गर्ने सम्झौता भएपछि कोसी अस्पतालका निमित्त मेसु रविनराज सिंह र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ तथा कोसी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई।
सुन्नुहोस्

विराटनगर : कोसी अस्पतालमा पहिलोपटक मृगौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि तयारी थालिएको छ। 

कोसी प्रदेशको राजधानी विराटनगरमा रहेको कोसी अस्पताल प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था हो। सेवा सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कोसी अस्पताल विराटनगरबीच मंगलबार सम्झौता भएको छ। सम्झौता पत्रमा कोसीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंह र केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीका अनुसार मृगौलाका बिरामीले डायलाइसिस सेवासमेत नपाउने अवस्था रहेकाले प्रत्यारोपण सुरु गर्न लागिएको हो। ‘कलेजो र मृगौलाको प्रत्यारोपण नेपालमा सुरु भइसकेको छ। तर, आवश्यकता अनुसार सेवा उपलब्ध छैन,’ उनले भने, ‘मृगौला ‘फेल’ भएकाहरुले डायलाइसिसको सहज सेवा पाउनसक्ने अवस्था बनेन। मृगौलाको उपचारलाई प्रभावकारी र व्यवस्थित बनाउन प्रत्यारोपण सेवा सुचारु गर्नुपर्ने आवश्यकता देखियो।’ 

मृगौला ‘फेल’ भएका बिरामीले नियमित डायलाइसिस गराउनुपर्ने हुन्छ । प्रत्यारोपणपछि डायलाइसिस गराउनु पर्दैन। सम्झौता भइसकेका कारण मृगौला प्रत्यारोपण सेवा चाँडै सञ्चालन गर्न अस्पताल प्रशासन र विकास समितिले तीव्र रूपमा तयारी थालेको बुढाथोकीको भनाइ छ। उनका अनुसार महेश भट्टराईको नेतृत्वमा रहेको विकास समिति अहिले अस्पताल सुधारमा केन्द्रित छ। ‘अस्पतालको अवस्था, सेवाप्रवाह, सरसफाई, भौतिक पूर्वाधार निर्माण र उपचारलाई व्यवस्थित तथा प्रभावकारी बनाउन विकास समिति सक्रिय छ,’ उनले भने, ‘अस्पताल प्रशासनलाई साथमै लिएर सुधारका कामलाई अघि बढाइएको छ।’ 

गरिब र विपन्नहरु उपचारका लागि आउने सरकारी अस्पतालमा सेवाको विस्तार, प्रभावकारी एवं व्यवस्थित उपचार, मर्मतसम्भार गरेर कवाडी सामग्रीबाट बेड निर्माणलगायतका काम तीव्र गतिमा भइरहेको बुढाथोकी बताउँछन्। उनका अनुसार अस्पतालमा देखिएको जनशक्ति अभावको समस्या पनि चाँडै समाधान गर्ने गरी काम भइरहेको छ। 

डायलाइसिस सेवासमेत विस्तार गर्दै कोसी अस्पतालमा मृगौला ‘फेल’ भएका बिरामीको मृगौला प्रत्यारोपण सुरु गर्न लागिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सातवटै प्रदेशमा प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने उदेश्य छ। केन्द्रले दिइरहेको सेवालाई पनि थप विस्तार गरिने छ। 

सम्झौता अनुसार मृगौला प्रत्यारोपण सेवाका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम, फेलोसिपलगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने छ। मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउन पनि सहकार्य गर्ने द्विपक्षीय सम्झौता भएको छ। 

‘जनशक्ति र भौतिक संरचना तयार हुनासाथ आवश्यक सामग्री जुटाएर सेवा सञ्चालनमा ल्याइने छ,’ कोसीका निमित्त मेसु सिंहले भने, ‘जतिसक्दो चाँडो सेवा सुचारु गर्नका लागि व्यवस्थापनको पाटोलाई ध्यानमा राखेर काम अघि बढाएका छौँ।’ सेवा सञ्चालनपछि मृगौलाको उपचार थप प्रभावकारी बन्ने उनको भनाइ छ।
 
नेपालमा करिब ७० प्रतिशत मृत्यु नसर्ने रोगका कारण भइरहेको छ। जसमा मधुमेह, उच्च रक्तचाप, मृगौला रोग, क्यान्सर र विभिन्न दुर्घटनाको चोटपटकका कारण हुने मृत्यु पर्दछ । मुलुकमा प्रत्येक वर्ष करिब ३ हजार जनाको मृगौला ‘फेल’ हुने गरेको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार १ हजार जनाको कलेजो ‘फेल’ हुने गरेको विभिन्न अध्ययनले देखाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.