सुदूरपश्चिममा एकैदिन ३६ जनामा कोरोना

सुदूरपश्चिममा एकैदिन ३६ जनामा कोरोना

बैतडी : सुदूरपश्चिम प्रदेशमा एकैदिन ३६ जनामा कोरोना संक्रमण देखिएको छ। गएको २४ घण्टामा सात सय ८० जनाको परीक्षण गर्दा ३६ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमण पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। 

सीमा नाकामै गरिएको एन्टिजेन परीक्षणमा उनीहरूमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ। भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर परीक्षण कार्य जारी रहेको छ। 

आज चैत महिनामा संक्रमण देखिएको यो सबैभन्दा बढी हो। यसअघि बुधबार यस प्रदेशमा ३२ जनामा संक्रमण पुष्टि भएको थियो। स्वदेश भित्रिने सबैको नाकामा कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 

नयाँ वर्ष मनाउन स्वदेश फर्कनेको क्रम बढेसँगै यहाँ संक्रमण दरमा पनि वृद्धि भएको छ। नाकामा परीक्षण गरेर फर्किन दिइरहेको भए पनि संक्रमितलाई होम आइसोलेशनमा बस्ने भन्ने गरिएको छ। संक्रमितको होम आइसोलेशनमा नबस्दा समुदायमा जोखिम बढेको छ।  

सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार ८८ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार एक सय ६८ जनामा संक्रमण देखिएको छ।  संक्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.