सुदूरपश्चिममा थप १९ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप १९ जनामा कोरोना संक्रमण

बैतडी : सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सीमा नाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा संक्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। 

यसअघि बिहीबार यस प्रदेशमा ३६ जनामा संक्रमण पुष्टि भएको थियो। केही महिना संक्रमण शून्य रहेको यस प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ। गत महिना मात्रै यहाँ दुई सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो।   

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि त्यसको असर सुदूरपश्चिममा पनि देखिएको छ। यहाँका  भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर र स्वदेश भित्रिने सबैको नाकामा कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 

सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार चार सय ७१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार एक सय ८७ जनामा संक्रमण देखिएको छ। संक्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.