सोलुखुम्बु क्षेत्रका होटल लजमा विदेशीको चाप बढ्दै

सोलुखुम्बु क्षेत्रका होटल लजमा विदेशीको चाप बढ्दै
सुन्नुहोस्

सल्लेरीमा दैनिक सरदर २ दर्जनको हाराहारीमा पर्यटक आउने गरेको व्यवसायीहरु बताउँछन्। सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकहरु पछिल्लो समय सदरमुकाम हुँदै गाडी मार्फत खुम्बुतर्फ जाने क्रम बढ्दो छ।

सोलुखुम्बु  : पर्यटकीय सिजन सुरु भएसँगै सोलुखुम्बु सदरमुकाम क्षेत्रका व्यवसायीहरुमा व्यस्तता बढेको छ। समर सिजनमा विदेशी पर्यटकहरु भित्रिएसँगै यहाँका होटल तथा लज सञ्चालकहरुमा व्यस्तता बढेको हो। 

केही वर्षअघिसम्म खुम्बु क्षेत्रमा सिधै जहाज मार्फत पुग्ने गरेका विदेशी तथा स्वदेशी पर्यटक अहिले सल्लेरी क्षेत्रमा देखिन थालेका छन्। भ्रमणका लागि खुम्बु मात्रै रोजाइमा पर्ने पर्यटकसमेत सल्लेरीबाट थामडाँडासम्म सडक सञ्जाल पुगेसँगै गाडी मार्फत सल्लेरी हुँदै आउने पर्यटकको संख्या बढ्न थालेका छन्। 

हिमालयन शेर्पा होटलका कविराज खालिङ राई भन्छन्,‘सिजन सुरु भएपछि त हामीलाई निक्कै व्यस्त बनाएको छ, विदेशीहरु पनि आउँछन्, कुनै बस्ने गरेर आउँछन् भने कुनै चिया, नास्ता गर्ने आउँछन्, यहाँ त एयरपोर्ट नजिक भएर प्लेनबाट आउने पर्यटक पनि आउँछन्, गाडीबाट आउने पनि आइराहुन्छ, नेपाली पर्यटकहरुको चाप पनि त्यतिकै छ।’ 

सडकको पहुँच विस्तार भएसँगै सदरमुकाम क्षेत्रका व्यवसायीहरु समेत अहिले पर्यटकको स्वागत सतकारमा रमाइरहेका छन्। ‘कतिपय पर्यटकहरु गाडीमार्फत आएर यहाँ बास बस्छन् भने कतिपय काठमाडौंबाट जहाजमार्फत फाप्लु आएर त्यहाँबाट जिप मार्फत उकालो लाग्ने गरेका छन्।’, फाप्लु होटल एण्ड लजकी सञ्चालक सिता विश्वकर्माले भनिन्। 

सल्लेरीमा दैनिक सरदर २ दर्जनको हाराहारीमा पर्यटक आउने गरेको व्यवसायीहरु बताउँछन्। सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकहरु पछिल्लो समय सदरमुकाम हुँदै गाडी मार्फत खुम्बुतर्फ जाने क्रम बढ्दो छ। जसका कारण सल्लेरी तथा फाप्लुबाट माथिल्लो क्षेत्रका लागि छुट्ने जिपहरुमा समेत विदेशीको चाप रहेको सोलुखुम्बु सगरमाथा यातयात प्रालिका अध्यक्ष रामबहादुर विश्वकर्माले बताए। 

उनले भने, ‘अहिले यात्रुको चाप राम्रो छ, हामीले यहाँबाट खुम्बु क्षेत्रमा क्यू सिस्टमबाट सवारी पठाउने गरेका छौ, जसमा अधिकांश गाडीमा विदेशी यात्रु हुन्छन् नै, कतिपय गाडी त विदेशीले नै भरिएको हुन्छ।’ सडक सञ्जालले माथिल्लो क्षेत्र सदरमुकाम जोडिएसँगै यहाँका व्यवसायीहरुले समेत व्यवसायिक लाभ लिन थालेका हुन्। 

विगतमा हवाइ माध्यमको विकल्प नहुँदा सिधै लुक्ला ओर्लिएर उकालो लाग्ने पर्यटकहरु समेत अहिले काठमाडौंबाट जिप मार्फत सल्लेरी हुँदै खुम्बुतर्फ लाग्ने गरेको व्यवसायीहरु बताउँछन्। जसका कारण तल्लो क्षेत्रमा समेत पर्यटनको संभावना बढ्दै गएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.