रवि लामिछानेले भावनाको व्यापार गरे, चितवनका मतादाता नबहकिनुस् : गगन थापा

रवि लामिछानेले भावनाको व्यापार गरे, चितवनका मतादाता नबहकिनुस् : गगन थापा
सुन्नुहोस्

चितवन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले भावनाको व्यापार गरिरहेको आरोप लगाएका छन्। संविधानले नै ब्यवस्था नगरेको दोहोरो नागरिकताको मुद्दामा दलहरूलाई दोष दिएर उनले जनतालाई भम्र छरेको थापाको भनाइ छ।

उपनिर्वाचनको क्रममा कालिका नगरपालिकाको क्लब चोकमा आयोजित चुनावी सभामा बोल्दै परीक्षणको क्रममा पाँच वर्ष खेर जान दिन नहुने भन्दै भावानामा नबग्न उनले सबैलाई आग्रह गरे। ‘चितवन-२ का मतादाता भावनात्मक ब्यापारमा बहकिनुहुन्छ कि तथ्यमा टेकेर निर्णय गर्नुहन्छ। उपनिर्वाचन किन हुँदैछ भनेर कुनै दल नबनी स्वतन्त्र बहस गर्नुस् अनि निर्णय गर्नुहोस् त,' उनले भने। 

महामन्त्री थापाले देश बिरामी परेको भन्दै अबको पाँच वर्ष खेर जान नदिने बताए। उनले सरकारमा सहभागी भए पनि प्रश्न गर्न आफू पछि नपर्ने बताए। उनले पार्टी कार्यकर्तालाई आफ्नो उम्मेदवारलाई जिताउन आह्वान गरे। 

'बरु भोटै हाल्दिन भन्न पाइन्छ। तर पार्टीमा बसेर बाहिर बाहिर रुख भन्ने भित्र भोट नहाल्ने काम राम्रो हुँदैन। मनमा हरि छ भने अरुले नदेखेपनि हरिले देख्छन्,' उनले भने, 'पार्टीको नीति र निर्णयको विषयमा तपाईँको प्रश्न होला। त्यसको सके उत्तर दिउला नसके सँगै लडौला । तर यो पाँच वर्ष खेर जान दिनु हुँदैन।'
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.