कोसी नामविरुद्ध आन्दोलन सशक्त बनाउन घंगरुको लौरो संकलन गर्दै पहिचानवादी

कोसी नामविरुद्ध आन्दोलन सशक्त बनाउन घंगरुको लौरो संकलन गर्दै पहिचानवादी
कोशी प्रदेश विरुद्धको आन्दोलनका लागि पहिचानवादीहरूले संकलन गरेको घंगरुको लौरो। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धरान : कोशी प्रदेश खारेजीको माग राखेर आन्दोलनमा उत्रिएका पहिचानवादीहरूले आन्दोलन सशक्त बनाउन घंगरुको लौरो संकलन अभियान सुरु गरेका छन्। 

आन्दोलनमा प्रहरीसँगको झडपमा लिम्बुवान एलभी कमाण्डर पदम लिम्बु लाजेहाङको मृत्यु भएपश्चात पहिचानवादीहरूले आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन्। 

कोसी प्रदेशका १४ वटै जिल्लामा संयुक्त आन्दोलन संघर्ष समिति गठन गर्दै आएको पहिचानवादीहरूले पहाडी जिल्लामा उत्पादन हुने घंगरुको लौरो काटेर विराटनगर तर्फ सप्लाई गर्न थालेका छन्। 

कोसी प्रदेश विरुद्धको आन्दोलन गरिरहेका संघर्ष समितिका एक सदस्यले प्रहरीले बल प्रयोग गरेका खण्डमा घंगरुको लौरो लिएर प्रतिकारमा उत्रनका लागि लौरो संकलन गरिएको बताए। 

अहिले पहाडी जिल्लाको धनकुटा, तेह्रचुम, इलाम लगायतका जिल्लाबाट आन्दोलनकारीहरूले कार्यकर्ता खटाएर घंगरुको लौरो संकलनलाई तीव्र पारेका छन्। संकलन गरिएको लौरो बोरामा हालेर विराटनगर, धरान, इटहरी लगायतका स्थानमा ल्याइने गरेको छ। 

संघीय लिम्बुवान मञ्च सुनसरीका अध्यक्ष अमर इजमले प्रतिकार गर्न नभएर पार्टीको झण्डा बनाउन घंगरुको लौरो संकलन गरिएको दावी गरेका छन्।  हामी शान्तिपूर्ण आन्दोलन गर्ने र सुरक्षाकर्मीसँग प्रतिकार गर्ने कुनै योजना नरहेको उनले बताए। 

कोशी प्रदेश खारेजीको माग राखेर आन्दोलन गर्दा समेत सरकारले बेवास्था गरेकाले आन्दोलनलाई थप सशक्त बनाउनका लागि प्रत्यक वडादेखि जिल्लामा सशक्त आन्दोलनको तयारी थालिएको जसपाका नेता सागर चेम्जोङले बताएका छन्। उनले आन्दोलन सफल बनाउन प्रत्येक वडामा संयुक्त आन्दोलन संघर्ष समिति गठन गरिएको बताए। 

प्रदेश १ सरकारमा सहभागि भएको नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायत संघिय लिम्बुवान मञ्च, संघीय समाजवादी पार्टी,  किरात याक्थुम चुम्लुङ, किरात राई योयोक्खा लायतका पहिचान पक्षधरहरूले चैत ५ गतेदेखि कोशी प्रदेश विरुद्धको आन्दोलन गरिरहेका छन्। 

धरानका राजनैतिक विश्लेषक डा. राजेन्द्र शर्माले कोशी प्रदेश विरुद्धको आन्दोलनकारीलाई वार्तामा बोलाएर समस्या समाधान गर्नुपर्नै सुझाव दिएका छन्। 

उनले आन्दोलनमा दमन गर्नु र प्रतिकार गर्दा धेरैको ज्यान जान सक्ने भएकाले सरकार र आन्दोलनरत पक्ष दुवै संयमित हुनुपर्ने बताएका छन्। 

कोशी प्रदेशका निमित्त प्रहरी प्रमख राजेशनाथ बास्तोलाले  शान्तिपूर्ण आन्दोलन गर्न सबैलाई छुट भएपनी अराजक र संविधान विरोधि गतिविधि गर्नेलाई पक्राउ गरि कडा कारबाही गर्ने बताएका छन्। 
उनले पहिचानवादीहरूको आन्दोलनलाई नियन्त्रण गर्नका लागि १४ वटै जिल्लामा प्रर्याप्त प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको बताए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.