मनाङको लगातार तेस्रो हार

मनाङको लगातार तेस्रो हार
सुन्नुहोस्

काठमाडौं : सुदिल राईको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार मनाङ मर्स्याङ्दी क्लबलाई १–० को नतिजामा पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ७५औं मिनेटमा सुदिलले गरेको एक मात्र गोल निर्णायक बन्यो।

जगजित श्रेष्ठले दायाँतर्फबाट प्रहार गरेको फ्रिकिकमा आएको रिबाउन्ड बललाई ६ यार्ड बक्स भित्रबाट प्रहार गर्दै सुदिलले गोल गरेका थिए।

प्रतिस्पर्धात्मक खेलको पहिलो मिनेटमै आर्मीका नवयुग श्रेष्ठले सुन्दर मौका गुमाएका थिए। त्यसबाहेक मनाङले केही अवसर सिर्जना गरे पनि अपेक्षित फिनिसिङको अभावमा हार टार्न सकेन।

मनाङले भने लगातार तेस्रो खेलमा पराजय बेहारेको छ। पछिल्ला चार खेलमा जित विहीन मनाङ पछिल्लो खेलमा जावलाखेल युथ क्लबसँग ३–० गोलको नतिजामा पराजित भएको थियो।

त्यसभन्दा अघिल्लो खेलमा सातदोबाटो युथ क्लबसँग १–० ले हारेको मनाङले त्यसअघि थ्री स्टार क्लबसँग १–१ को बराबरी खेलेको थियो। जितसँगै     १० खेलबाट १५ अंक जोडेको आर्मी लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ। समान खेलबाट १५ अंक जोडेको मनाङ पाँचौं स्थानमा छ।

एनआरटीसँग ३–१ ले हार्यो खुमलटार 

आजै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी)ले एफसी खुमलटारलाई ३–१ गोलको नतिजामा पराजित गरेको थियो। दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलविहीन थियो।

सरोज तामाङले ६५औं मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। कृतिष रत्न छुञ्जुले बायाँतर्फबाट गरेको क्रसमा सरोजले हेडरमार्फत गोल गरेका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन आठ मिनेट बाँकी रहँदा सन्जीव विष्टले गोल गर्दै एनआरटीको अग्रता दोब्बर पारे। त्यसको तीन मिनेट नबित्दै मोहित गुरुङले गोलसँगै खुमलटार ३–० ले पछि परेको थियो।

निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी रहँदा खुमलटारका श्याम मुर्मुले एक गोल फर्काए पनि ३–१ को हार टार्न सकेन।

जितसँगै १० खेलबाट १० अंक जोडेको एनआरटी तालिकाको १०औं स्थानमा उक्लिएको छ। समान खेलबाट समान १० अंक नै जोडेको खुमलटार ११औं स्थानमा झरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.