एमाले धरानको अध्यक्षमा हर्कजङ एभेङ निर्वाचित

एमाले धरानको अध्यक्षमा हर्कजङ एभेङ निर्वाचित
सुन्नुहोस्

त्यस्तै सचिवमा राजेन्द्र राई पनि निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा पारस काङमाङ राई र श्री राइले उम्मेद्वारी दिएका छन्। दुई सहसचिवका लागि सात जनाले उम्मेदवारी दिएका छन्।

धरान : नेकपा (एमाले) धरान उपमहानगरपालिकाको अध्यक्षमा हर्कजङ एभेङ निर्वाचित भएका छन्। स्थानीय पुनर्संरचना पछीको एमाले धरान नगर कमिटीको प्रथम अधिवेसनमा एभेङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। 

त्यस्तै सचिवमा राजेन्द्र राई पनि निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा पारस काङमाङ राई र श्री राइले उम्मेद्वारी दिएका छन्। दुई सहसचिवका लागि सात जनाले उम्मेदवारी दिएका छन्। 

उपसचिबमा लक्ष्मी बानिया, दिवस राई, शिवराज श्रेष्ठ, सुरेन्द्र घिमिरे, योगेशबाबु काफ्ले लगायतले उम्मेदवारी दिएका एमाले सुनसरीका जिल्ला सदस्य राजमणी निरौलाले बताए। 

उनले ८५ जना सदस्यमा धेरै जसो निर्विरोध निर्वाचित भएका बताए। अध्यक्षमा निर्वाचित भएका एभेङले धरानमा अब एमालेको कुनै गुट नरहेको र आगामी निर्वाचना विजय हासिल गर्ने गरी पार्टीको कामलाई अगाडि बढाउने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.