आज आज गर्दागर्दै ,
कल्पना मात्रले पनि मेरा,
तिमी बिनाका मेरा आगामी,
निमेष कसरी बित्नेहून् ?
“माया” बिनाका मेरा अबका,
पलहरू कसरी कट्नेहून् ?
फेरि …..
बिर्सन खोज्छु झसॅंग हुन्छु,
सम्झन थाल्छु चसक्क दुख्छु,
अकल्पनिय अनूभूतिमा रेटिन्छु,
नियति सम्झिन्छु,सम्हालिन खोज्छू ।
अब…
गौण बन्दै तिम्रालागि आफैं,
तिम्रो नौलो खुशी हेर्ने मन छ,
तिम्रै नविन शुरूवातका लागि,
तिमीलाईनै तिम्रो बागडोर दिने मन छ।
सन्यास लिई अभिभाबकत्वबाट बिस्तारै,
अभिभारा सारा तिमीमा सार्ने मन छ,
तिम्रो मिठो वात्सल्य पाउॅन मलाई,
अर्को जन्म तिम्रो सन्तान हुने मन छ।
मेरो “माया” मेरो छोरीमा समर्पित
- कमला डि.सी