गठबन्धनको सिन्डिकेट जनताले तोड्छन्

गठबन्धनको सिन्डिकेट जनताले तोड्छन्

एमाले बलियो संगठन भएको पार्टी हो। गत निर्वाचनमा पनि बारामा सामानुपातिकमा एमालेले नै सबैभन्दा बढी मत ल्याएको थियो। त्यसकारण बारा २ मा यसपालि एमालेले जित्छ। यसमा कुनै शंका छैन।

मत माग्दै घरदैलोमा पुग्दा आफ्नो पक्षमा माहोल कस्तो पाउनु भएको छ ?

जनता व्यापक रूपमा एमालेलाई मतदान गर्ने मनस्थितिमा छन्। एमालेलाई जिताएर गठबन्धनका दलहरूले गरेका गलत क्रियाकलापको भन्डाफोर गर्ने निष्कर्षमा जनता पुगेका छन्।

जनतालाई जता पनि लैजान सकिन्छ, जे पनि गर्न सकिन्छ भन्ने गठबन्धनको मानसिकता र प्रवृत्तिलाई जनताले तोड्न खोजेको मेले देखेको छु। यसले एमालेको जितलाई निश्चित गरिरहेको छ। 

तपाईंका चुनावी एजेन्डाहरू के–के हुन् ?

हाम्रो चुनावी एजेन्डा शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, सुशासन नै हुन्। यस क्षेत्रमा रहेको विश्वप्रसिद्ध धार्मिक पर्यटकीयस्थल गढीमाइ मन्दिरको सौन्दर्यीकरण र सडक पूर्वाधारलाई व्यवस्थित गर्ने पनि मेरो एजेन्डा हो। 

बारामा मुख्य प्रतिस्पर्धा जसपा र जनमतका उम्मेदवारबीच छ, एमाले तेस्रो वा चौथो स्थानमा छ भन्ने चर्चा व्यापक सुनिन्छ त ?
मनको लड्डु घिउसँग खाने, जनताका बीचमा जान नसक्ने, जनताको भावना बुझ्न नसक्ने, जनतालाई गुमराहमा राखेर सिन्डिकेटको राजनीति गर्न चाहनेहरूले यस्तो हौवा फैलाएका हुन्।

एमाले तेस्रो वा चौथो हुने पार्टी हो र ? एमाले चुनावी मैदनमा आएपछि पहिलो हुने पार्टी हो। अहिले पनि पहिलो भएरै जित्छ। 

यसको आधार के त ?

यसको आधार भनेको बारा २ का जनताको समर्थन। एमाले यो क्षेत्रमा पटक–पटक विजयी भएको छ। एक्लै लडेर पनि जितेको छ। एमालेले कहिल्यै कुनै दलसँग गठबन्धन गरेन। 

एमाले बलियो संगठन भएको पार्टी हो। गत निर्वाचनमा पनि बारामा सामानुपातिकमा एमालेले नै सबैभन्दा बढी मत ल्याएको थियो। त्यसकारण बारा २ मा यसपालि एमालेले जित्छ। यसमा कुनै शंका छैन। 

विगतका तीन निर्वाचनमा त एमालेले जितेन नि ?

ती चुनावमा एमालेले उम्मेदवारी नै दिएन त। यद्यपि २०६४ देखि २०७९ सम्मको हरेक चुनावमा बारामा एमालेले समानुपातिकमा सबैभन्दा बढी भोट ल्याएको छ। यसकारण अहिले हामी जित्छौं। 

चुनाव महँगिँदै गएको छ, तपाईंले खर्च व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
हामीले खर्च गर्नु परेको छैन। जनता आफैंले खर्च गरिरहेका छन्। हामीले भोजभतेर पनि गरेका छैनौं। अरूले खसी कुखुरा काटेर भोज गरिरेहका छन्। जनताले भोजमा गएर मासु खाइदिन्छन्, भोट सूर्यमा लाइदिन्छन्। हेर्नुहोला एमाले भारी मतले जित्छ।

तपाईंको मुख्य प्रतिस्पर्धा कोसँग हुन्छ ?
एमालेको मुख्य प्रतिस्पर्धा जसपाका उम्मेदवार उपेन्द्र यादवसँग हुन्छ। हामीभन्दा पछाडि उहाँ नै हिँडिरहनु भएको छ। तर, उहाँभन्दा हामी धेरै अगाडि छौं। राम्रो मतान्तरले एमालेले जित्छ।   

- प्रस्तुति : क्रान्ति शाह


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.