चितवनमा छल्कियो शेरबहादुर-प्रचण्डको लभ, एमालेसँग गठबन्धन बनाउँदा रातभरि निन्द्रा नपरेको खुलासा

चितवनमा छल्कियो शेरबहादुर-प्रचण्डको लभ, एमालेसँग गठबन्धन बनाउँदा रातभरि निन्द्रा नपरेको खुलासा
सुन्नुहोस्

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार संसद पुनःस्थापनाको बेला भएको गठबन्धनको बेला शेरबहादुर देउवासँगको लभ परेको भन्दै सरकार गठनको बेला छुटिँदा रातभर निन्द्रा नलागेको बताए। 

एमालेसँगको गठबन्धनमा सरकारको नेतृत्व गरिहँदा आफू चिन्तत भएको उनले बताए। प्रधानमन्त्री बनेपछि एकदिन पनि राम्रो निन्द्रा नलागेको उनको भनाइ छ। 

चितवनको कालिका नगरपालिका स्थित सत्ता गठबनधनको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले पुरानो अवस्थामा आउँदा खुसी लागेको बताए। 

‘यो गठबन्धनबाट चुनाव जिते तर प्रधानमन्त्री हुँदाचाहिँ अर्को ठाउँमा पुग्ने बडो असहज परिस्थिति बन्यो। एकातिर म जहाँबाट प्रधानमन्त्री बने, एक दिन राम्रोसँग निन्द्रा लागेन। कहाँ आइयो र प्रधानमन्त्री भइयोजस्तो भयो। यो प्रधानमन्त्री नै घाँडोजस्तो भएजस्तो लाग्यो। शेरबहादुरजी प्रचण्डलाई प्रधानमन्त्री बनाउन नपाएको राति सुत्नसक्नु भएन। हामी दुवै जना बडो बेचैन, किनभने गहिरो लभ भइसकेको थियो,’ उनले भने, ‘लभ गहिरो भएको थियो। विवाह हुने बेला गडबड खायो। अहिले जहाँ लभ छ त्यही आइपुगियो। अहिले हामी खुसी छौं।’ 

उनको कुरा सुनेर कांग्रेस सभापति शेरबहादुर देउवा हाँसे। उनको हाँसोले कार्यक्रम स्थलमा पुगेका दुवै कार्यकर्ताले ताली बजाएर समर्थन गरे। प्रधानमन्त्री प्रचण्डले संविधानलाई कमजोर बनाउने शक्तिलाई खेल्ने ठाउँ दिन नहुने बताए। 

प्रधानमन्त्रीसँगै पुगेका कांग्रेस सभापति शेरबहादुर देउवालाई देखाउँदै आफू र देउवा मिलेपछि सबै सम्भव हुने बताए। ‘खहरे उर्लेर आँउछ सुक्छ। पछि कमिला हिँड्छ। तर नारायणी नदी आफ्नै गतिमा बगेर महासागरमा मिल्छ। गठबन्धन त्यही नारायणी हो। शेरबहादुरजी र मैले भनेपछि धेरै कुरा हुनेवाला छ नेपालमा,' उनले भने। संविधान मास्ने दुस्साहसविरुद्ध जन्मिभएको गठबन्धन भएकाले यो निरन्तर रहने उनले बताए। 

कांग्रेस सभापति देउवाले मुदलुकको संविधान र विकासको लागि गठबनधनको विकल्प नभएको बताए।  ‘जीतनारायाण्लाई जिताएर पठाउनुस् हामी मन्त्री बनाउँछौं,' यो गठबनधन संविधान र देशको लागि हो। यसलाई जोगाउन जित्न जरुरी छ,' उनले भने। गठबन्धनको पक्षमा माहोल बनाउन चुनावी सभामा सम्बोधन गर्न बाराबाट उनीहरू चितवन पुगेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.