समृद्धिको नयाँ युगमा पुर्‍याउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन आग्रह

समृद्धिको नयाँ युगमा पुर्‍याउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
फाइल तस्बिर।

प्रचण्डले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन अपीलसमेत गरेका छन्।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यवहारिक अभ्यासको चरणमा प्रवेश गरेको टिप्पणी गरेका छन्।

भ्लादिमिर इल्यिच लेनिनको १५३ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपालीलाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्‍याउन सरकार कटिबद्ध रहेको उल्लेख गरे । 

सन्देशमा भनिएको छ, ‘शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व हाम्रासामु छ । गलत प्रवृत्तिविरूद्ध वामपन्थी, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणामस्वरूप गत वर्ष भएको चुनावबाट वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा गठबन्धनका पक्षमा जनमत प्राप्त भयो । प्रतिगमनविरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ ।’

उनले महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत न्याय, समानता र स्वतन्त्रताको बलिदानीपूर्ण संघर्षमा सहादत प्राप्त गर्नुहुने महान् शहिदहरूप्रति श्रद्धाञ्जली र बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

आज नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्व र पहलकदमीमा भएको ऐतिहासिक संघर्षकै परिणामस्वरूप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उनको दाबी छ । लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवादउन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको वर्तमान सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।  

अध्यक्ष प्रचण्डले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको अवसरमा देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन अपीलसमेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.