जनताको माग र आवश्यकताका आधारमा काम गर्छु :मुख्यमन्त्री शाह

जनताको माग र आवश्यकताका आधारमा काम गर्छु :मुख्यमन्त्री शाह

दार्चुला : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय जनताको माग र आवश्यकताका आधारमा काम गर्ने बताए। 

दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिकाको सभाहलमा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित कार्यालय प्रमुख, राजनीतिक दल र कर्मचारीहरूसँग गरिएको संयुक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले विगतमा भएका कमी कमजोरीहरूलाई सच्याएर प्रक्रियागत ढंगले योजना तथा बजेट विनियोजन गरिने र जनताको पूर्ण निगरानीमा काम गर्ने बताए। 

'स्थानीय टोल, वडा, पालिका हुँदै जिल्ला समन्वय समितिबाट सिफारिस भई आएका योजनाहरूलाई आवश्यकताका आधारमा प्राथमिकीकरण गरिन्छ, मैले सबै जिल्लाको वस्तुस्थिति बुझेर बजेट निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको छु। प्रक्रिया मिचेर आएका योजनाहरू कार्यान्वयन आउँदैन। प्राथमिकताको आधारमा काम गर्छु। सोर्स फोर्सका आधारमा काम गरिने छैन। यो कुरालाई प्रदेश सरकारले पूर्ण रूपमा निरुत्साहित गर्नेछ', उनले भने। 

कार्यक्रमका अधिकांश सहभागीले प्रदेशका योजना पहुँचको भरमा आउने र योजना पार्न कमिसन दिनुपर्ने अवस्था रहेको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने सुझाव दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.