छाप लगाएको २ वटा मतपत्र खसाउन खोजेपछि बारामा जसपाका नेता पक्राउ

छाप लगाएको २ वटा मतपत्र खसाउन खोजेपछि बारामा जसपाका नेता पक्राउ
पक्राउ परेका जसपा नेता । तस्बिर : दिवाकर भण्डारी

मतदान गर्ने क्रममा जसपाका नेता एवम् जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवलाई प्रहरी प्रकाउ गरेको हो।

बारा : देवताल गाउँपालिका -७ स्थित जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन्। मतदान गर्ने क्रममा जसपाका नेता एवम् जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवलाई मतपेटिका सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार मत पेटिकामा यादवले स्वस्तिक छाप लगाएको २ वटा मत पत्र खसाउन खोजेपछि प्रहरीले उनलाई गरेको हो। पक्राउ परेका यादवलाई जिप्रका बारामा लगिएको छ। null

यादव पक्राउ परेपछि जसपाका स्थानीय नेता कार्यकर्ता विवाद गरेका छन्। विवाद बढेपछि यो मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप बल मगाइएको छ।  अहिले उक्त केन्द्रमा शान्तिपूर्ण मतदान भने जारी छ। 

यता बाराकै महागढीमाई नगरपालिका-२ को ईनरवास्थित मतदान केन्द्रमा पनि जसपाका नेताहरुले बुथ कब्जाको प्रयास गरेका छन्। उक्त मतदान केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक लगाइएको छ।

ईनरवास्थित ‍मतदान केन्द्रमा शंकास्पद गतिविधि भइरहेको सूचना पाएर पुगेका पत्रकारलाई मतदान अधिकृत दिवाकर झाले मतदान केन्द्र परिसरभित्र प्रवेशमा रोक लगाएका हुन्।

त्यसलगत्तै मतदान केन्द्र बाहिर रहेका स्थानीय केही व्यक्तिहरुले समेत पत्रकारहरुलाई दुर्व्यवहार गर्न खोजेका छन्। त्यसपछि त्यहाँ रहेका प्रहरीले सन्चारकर्मीहरुलाई उद्धार गरेका छन्।

nullमहागढीमाई नगरपालिका- २ इनर्वास्थित मतदानकेन्द्रमा सन्चारकर्मीहरुलाई दूर्व्यवहार गर्दै स्थानीय


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.