उपनिर्वाचन : ४ बुँदे सहमतिपछि चितवनको नयाँ किरण केन्‍द्रमा मतदान सुरू

उपनिर्वाचन : ४ बुँदे सहमतिपछि चितवनको नयाँ किरण केन्‍द्रमा मतदान सुरू
फाइल तस्बिर।

चितवन : चितवन–२ को नयाँ किरण माध्यामिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान प्रक्रिया पुनः सुरु भएको छ । मतदान स्थगित भएपछि बसेको सर्वदलीय बैठकबाट चार बुँदे सहमति भएसँगै मतदान कार्य अघि बढेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव भइरहेको बेला आचारसंहिचता उल्लघंन भएकाले सो दलले क्षमायाचना गर्ने सहमति भएको छ । यस्तै,मतदान केन्द्रको तीन सय मिटर वरिपरी शान्ति सुरक्षा कायम गर्ने सहमति भएको छ । यस्तै,आचारसंहिता उल्लघंन भएको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई दिने र अवरुद्ध भएको निर्वाचन अघि बढाउने सहमति भएको मतदान अधिकृत कमला न्यौपानेले जानकारी दिइन् ।

मतदानका क्रममा रास्वपाका सभापति रवि लामिछाने भीड जम्मा गरेर मतदानस्थल पुगेपछि अन्य दलका कार्यकर्ताले आचारसंहिता उल्लंघन भएको बताएपछि विवाद सृजना भएको थियो। सोही क्रममा रास्वपाका कार्यकर्ता र नेपाली कांग्रेस,नेकपा एमालेका कार्यकर्ताबीच झडप समेत भएको थियो। त्यसपछि मतदान रोकिएको थियो।

चितवनमा एमालेका रामप्रसाद न्यौपाने,कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्। चितवन-२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उनको सांसद पद गुमेको थियो। रिक्त सोही स्थानका लागि पुन: मतदान हुन लागेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.