चितवन २ का मतदातामा देखिएन उत्साह

चितवन २ का मतदातामा देखिएन उत्साह

चितवन : चितवन क्षेत्र नं २ मा पाँच महिनापछि भएको उपनिर्वाचनमा खासै उत्साह देखिएन। मंसिरमा भएको निर्वाचनको तुलनामा यसपटक कम मत खस्यो। यसपटक उपनिर्वाचनमा ६३ प्रतिशतमात्र मत खसेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए। 

गत मंसिरमा ६७.६३ प्रतिशत मत खसेको थियो। सर्वसाधारणहरू चर्को घाममा लाइन बसेर मतदान गरेका थिए। बाहिरी जिल्लामा भएकाहरू खासै चितवन फर्किएनन्। अत्यधिक गर्मीका कारण पनि विहानै मतदाताको भिड लागेको थियो। निर्वाचनका बेला गरिने चुनावी घोषणा पत्र अनुसार काम नभएपछि मतदातामा निराशा उत्पन्न भएको छ।

निर्वाचनपछि मुलुक र जनताको काममा खासै परिवर्तन नभएको गुनासो गरेका थिए। ४३ स्थलका १३८ केन्द्रमा मतदान भएको थियो। यो क्षेत्रमा एक लाख २४ हजार ६९५ मतदाता छन्। चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा मतगणना हुँदैछ। राति मतपेटिका संकलन गरेर सर्वदलीय बैठक राखेको थियो। 

चितवन-२ मा त्यहाँबाट निर्वाचित रवि लामिछानेको सांसद पद उनको नागरिकता विवादमा सर्वोच्च अदालतले खारेज गरिदिएपछि पुनः चुनाव भएको हो। लामिछाने फेरि उमेदवार बनेका छन्। त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपानेसहित २२ जना उमेदवार छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.