बारा- २ मा बिहान ११ बजेदेखि मतगणना सुरु हुने
बिहान बसेको सर्वदलीय बैठकले मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।
बारा : बारा क्षेत्र नं. २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेदेखि सुरु गर्ने सहमति भएको छ।
कलैयाको गंगापुरस्थित शिक्षा तालिम केन्द्र स्थित मतगणनास्थलमा सोमबार बिहान बसेको सर्वदलीय बैठकले मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।
बैठकले मतगणना हुने कोठामा ३४ जना उम्मेदवारका २/२ जना प्रतिनिधि बस्न पाउने सहमति पनि भएको बैठकमा सहभागी एमाले नेतृ एवम् पुर्वमन्त्री ज्वाला साहले जानकारी दिइन् ।
बारा-२ मा आइतबार भएको निर्वाचनमा ६८ हजार ८ सय ८७ मत खसेको थियो।