वायुसेवा निगमको लापरबाही : विमान मलेसिया पुग्यो, ब्यागेज नेपालमै

वायुसेवा निगमको लापरबाही : विमान मलेसिया पुग्यो, ब्यागेज नेपालमै

काठमाडौं : मलेसिया उडेका यात्रुको व्यागेज काठमाडौंमा नै छुटेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार राति साढे ११ बजे उडेको मलेसियन एयरलाइन्सको जहाज क्वालम्पुर पुग्यो। तर केही यात्रुको ब्यागेज भने काठमाडौंमा नै छुटेको हो। 

क्वालम्पुर विमानस्थलमा ब्यागेज लिने क्रममा नभेटिएपछि मात्र जानकारी भएको थियो। उक्त जहाजमा क्वालम्पुरसम्मका मात्र नभइ अन्य देश जाने ट्रान्जिट यात्रुहरू पनि भएको विमानस्थलले जानकारी दिएको छ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार ८ सय केजी बरारबको ४६ व्यागेज काठमाडौंमा नै छुटेको हो। काठमाडौंबाट मलेसियाको क्वालाम्पुरका लागि उडेका जहाजमा करिब १७५ यात्रु थिए। 

विमानस्थल परिसरमा रहेको यात्रु सेवा विभागबाट चेकजाँच पछि ग्राउन्ड ह्यान्डिलिङबाट ४६ व्यागेज सम्बन्धित एयरलाइन्समा लोड नभएको देखिएको हो। विमानस्थलमा जहाजको ग्राउन्ड ह्यान्डलिङ (जहाजहरूको भूमिस्थ प्रबन्ध)को जिम्मा नेपाल वायुसेवा निगमले गर्दै आएको छ। यात्रुको व्यागेज छुट्नुमा सो समयका ग्राउन्ड सपोर्टका ड्युटी अफिसर जवाफदेही हुने देखिन्छ। 

यात्रु सेवा विभागका निर्देशक रिना राईका अनुसार ग्राउन्ड ह्यान्डलिङको कारण नै व्यागेज छुटेको बताउँदै सम्बन्धित अफिसरलाई स्पष्टीकरण साधेको जानकारी दिइ । ‘के कारणले व्यागेज छुटेको हो। किन लापरबाही भयो भनि ड्युटी अफिसरलाई सोधपुछ गरिएको छ,’ उनले भनिन्।

यात्रुको ब्यागेज छुटेपछि मलेसियन एयरलाइन्सले निगमलाई स्पष्टीकरण सोधेको निगमका एक कर्मचारीले बताए। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विमानस्थलाई एयरलाइन्स र निगमलाई सोधपुछ गरी के भएको जानकारी गराउन निर्देशन दिएको प्राधिकरण सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए। 

यात्रुको ब्यागेज ग्राउन्ड ह्यान्डलिङको लापरबाहीको कारण छुटेको निगमका एक कर्मचारीले बताए। ‘काउन्टरबाट छुटेको व्यागेज लोड काउन्टर विभागमा जान्छ, जसले व्यागेज लिने, बोर्डिङ पास दिने काम गर्छ। त्यहाँबाट व्यागेजलाई जहाजसम्म पुर्‍याउने काम ग्राउन्ड ह्यान्डलिङको हो,’ ती कर्मचारीले भने। यसबीचमा नै व्यागेजमा जहाजसम्म नपुगेको देखिन्छ। 

छुटेका व्यागेजलाई सोमबार दिउँसो १ बजेको मलेसियन एयरलाइन्सको उडानबाट नै सम्बन्धित यात्रुहरुलाई बुझाइएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। निगमले ३५ व्यागेज मात्र छुटेको बताएको छ। 

ग्राउन्ड ह्यान्डलिङमा समस्या दोहोरिन थालेपछि ग्राउन्ड सर्पोट विज्ञ नै नियुक्त गरिएको छ। निगम बोर्ड बैठकले ग्राउन्ड सपोर्ट विभागका निर्देशक डोलेश्वर कोइरालालाई विज्ञ नियुक्तिका जिम्मा दिएको थियो। कोइरालाले निगमबाट उमेरहदका कारण अवकाश प्राप्त राजकुमार श्रेष्ठलाई विज्ञको रूपमा नियुक्ति दिएका थिए। ग्राउन्ड ह्यान्डलिङलाई जवाफदेही बनाउन विज्ञ नै नियुक्त गरिए पनि जिम्मेवारी बहन नगरिएको ती कर्मचारीले बताए। स्थायी कर्मचारीकै सेवा सुविधा दिएर श्रेष्ठलाई नियुक्ति दिएकोमा कर्मचारीले नै विरोध गर्दै आएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.