मुसहरलाई लालपुर्जा वितरण

मुसहरलाई लालपुर्जा वितरण

जनकपुरधाम : चन्द्रनगरका मुसहर समुदायलाई बसोबास गर्दै आएको स्थानको जग्गाधनी दर्ता प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ। 

सर्लाहीमा पहिलो पटक नापी कार्यालय सर्लाहीले लालपुर्जा वितरण गरेको हो। नापी कार्यालय मलंगवाले पहिलो पटक चन्द्रनगर गाउँपालिका-४ स्थित गढाटोलमा लालपुर्जा वितरण गरेको गाउँपालिकाले जनाएको छ।

सोमबार बिहान दलित बस्तीमा ४५ जना घरपरिवारलाई लालपुर्जा वितरण गरेको छ। चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको पहलमा पुस्तौदेखि जोत भोग गरिरहेको गाउँ ब्लकको जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको हो।

लापुर्जा बुझ्दै स्थानीय नागेन्द्र महराले आफूहरूको पुर्खाले वर्षौदेखि जोगभोग गर्दै आएको जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा पाउनु सौभाग्य भएको बताए। उनले भने, ‘मेरो बुवाको समयमा लालपुर्जा थिएन, बुवाले धेरै दुःख गर्नुभयो, तर जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गर्न सक्नु भएन, तर अब अहिले आएर जग्गाधनी दर्ता प्रमाण पुर्जा पाएका छौं। स्वभाविक हामी अब जग्गाधनी भएका छौं।’

अर्का स्थानीय माझी मुसहरले तीन पुस्तासम्म पनि जग्गाधनी दर्ता प्रमाण पत्र पाउँदा स्नेह थपिएको बताए। चन्द्रनगर ४ बस्ने संझा देवी माझीले वर्षौदेखि जग्गाविहीन भएर बस्न बाध्यताको पिडा बल्ल समाप्त भएकोमा खुशी व्यक्त गरिन्। गाउँ ब्लकको जग्गामा आफूहरूको जोतभोग तथा उपभोगको जग्गा आफ्नो नाममा आएपछि खुशीको सीमा नरहेको बताइन्।

विगत १५ वर्षसम्मको गाउँ ब्लकको जग्गाहरू नापी भए पनि जग्गाधनी दर्ता प्रमाण पुर्जा जारी हुन सकेको थिएन। वर्ष दिन नहुँदै नयाँ स्थानीय सरकार आएपछि चन्द्रनगर गाउँपालिकाको पहलमा सर्लाहीमा पहिलो पटक गाउँपालिकामै जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण भएको नापी कार्यालय सर्लाहीका प्रमुख संजय मनान्धरले बताए। 

नापी कार्यालयमा गाउँपालिका अध्यक्ष महतोले सर्लाहीको २० वटै पालिकाहरूमध्ये पहिलो भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको बताए।

गाउँपालिका अध्यक्ष महतोले गाउँ ब्लकको लालपुर्जा वितरण हुनु भनेको चन्द्रनगरको लागि शुभ सन्देश भएको बताए। राष्ट्रिय भूमि आयोग अन्तर्गत चन्द्रनगरमा लगत संकलन भइसकेको हुँदा आवश्यक प्रकृया पुर्‍याई भूमिहीन, दलित, सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिने गाउँपालिका अध्यक्ष महतोले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.