बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै
कलैया : बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन्। पछिल्लो मतगणना अनुसार उनले ८८८१ मतसहित अग्रता लिएका हुन्।
त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुश्वाहा पछि परेका छन्। उनले ६१६९ मत ल्याएर दोस्रो स्थानमा छन्।
त्यस्तै एमाले पुरुषोत्तम पौडेल ३५३८ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ११६७ मतसहित चौथौ र आम जनता पार्टीका अरुण ज्ञवाली ५७१ मतसहित पाँचौं स्थानमा छन्।