तनुहँमा वाग्लेको शानदार जीत

रामचन्द्र पौडेलभन्दा झण्डै १० हजार मतले विजयी भए डा. स्वर्णिम वाग्ले

रामचन्द्र पौडेलभन्दा झण्डै १० हजार मतले विजयी भए डा. स्वर्णिम वाग्ले

रास्वपाका विजयी वाग्लेले गत मंसिर ४ मा कांग्रेसका विजयी उम्मेदवार रामचन्द्र पौडेलले भन्दा करिब १० हजार नजिक मत पाएका हुन्।

तनहुँ : तनहुँ क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी भएका छन्। आज बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार डा. वाग्लेले निकटतम प्रतिष्पर्धीसँग १४ हजार ७९७ मतान्तर बनाउँदै निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा विजयी घोषणा गर्न भने बाँकी रहेको छ।

खसेको कूल ६५ हजार ३१६ मतमध्ये रास्वपाका डा. वाग्लेले ३४ हजार ९१९ मत ल्याएका छन्। उनका निकटतम प्रतिष्पर्धी काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाए भने एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याए। त्यस्तै राप्रपाकी शोभा गुरूङले २१८, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६,  नागरिक उन्मुक्ति पार्टीका भिमबहादुर सुनारले ९९, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ८७, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१ र नेकपा समाजवादीका गणेश श्रेष्ठले ५ मत पाएका छन्। कुलमतमा ११८१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ। 

रास्वपाका विजयी वाग्लेले गत मंसिर ४ मा कांग्रेसका विजयी उम्मेदवार रामचन्द्र पौडेलले भन्दा करिब १० हजार बढी मत पाएका हुन्। पौडेलले २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए। 

त्यस्तै तेस्रो स्थानमा रहेका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए। त्यस्तै राप्रपाका उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ मत ल्याएका थिए। राप्रपाले यसपटक ३ सय मत पनि कटाउन सकेन। निर्वाचित वाग्लेले कांग्रेसको भन्दा बढी एमालेबाट मत तानेका छन्। यसपटक एमालेको मत खस्केको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.