उड्नेबित्तिकै चरासँग ठोक्किएको फ्लाईदुबईको विमान सकुशल गन्तव्यमा अवतरण

उड्नेबित्तिकै चरासँग ठोक्किएको फ्लाईदुबईको विमान सकुशल गन्तव्यमा अवतरण
फाइल तस्बिर।
सुन्नुहोस्

स्थानीय समयअनुसार राती १२ बजेर ११ मिनेटमा दुबई विमानस्थलमा अवतरण भएको गल्फ न्युज डट कममा समाचार छ।

दुबई : काठमाडौंबाट उड्ने क्रममा चरासँग ठोक्किएको फ्लाईदुबईको जहाज सकुशल दुबईमा अवतरण भएको छ ।

स्थानीय समयअनुसार राती १२ बजेर ११ मिनेटमा दुबई विमानस्थलमा अवतरण भएको गल्फ न्युज डट कममा समाचार छ। 

"विमान सामान्य रूपमा दुबईमा अवतरण गरियो र थप निरीक्षण गरिनेछ,' एयरलाइन्सले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ।

एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा यात्रुमा पर्न गएको असुविधाप्रति क्षमा मागिएको छ। 'हाम्रा अनुभवी उडान चालक दलले मानक अपरेटिङ प्रक्रियाअनुसरण जाँच गरेपछि इन्जिन सामान्य अपरेटिङ प्यारामिटरभित्र रहेकोले अगाडिको यात्रा जारी राखे। हाम्रा यात्रु र चालक दलको सुरक्षा हाम्रो उच्च प्राथमिकता हो। हाम्रा यात्रुहरूको यात्रा तालिकामा पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं', विज्ञप्तिमा उल्लेख छ।

यूएई (दुबई)को सरकारी निकायले ट्विट गर्दै फ्लाई दुबईको जहाज उडानपछि चरासँग ठोक्किएको जानकारी दिएको थियो। उक्त जहाज स्थानीय समय अनुसार १२ बजेर १४ मिनेटमा दुबई विमानस्थलमा अवतरण गर्ने तालिका थियो।


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.