मनहरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

मनहरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

हेटौंडा : मकवानपुरको मनहरीमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी–३ हाँडिखोला निवासी २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय वीरमान रुम्बा र मनहरी–४ सालघारी निवासी अन्दाजी २० वर्षीय प्रविण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। 

गएराति मिलडाँडाबाट हाँडिखोलातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई मनहरी–३ कालिदमारमा बेलुकी करिब ९ बजे पल्टिएर दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते भएका तीनै जनाको हेटौंडास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
 

घाइते भएका मनहरी–३ का २४ वर्षीय अमृत प्रजा र ४५ वर्षीय जोखलाल प्रजाको अहिले चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.