इनोभेसन क्षेत्रमा राज्यको प्रोत्साहन नाम मात्रको छ
आवश्यक नीति, कानुन बनाउनुपर्छ। कुनै काम गर्न, इनोभेसन क्षेत्रमा हात हाल्न खोज्दा काम गर्न पाइँदैन। किनभने, कानुनै छैन। त्यसो भएपछि कुनै पनि काम अघि बढ्दैन। त्यसकारण कानुन बनाउनुपर्छ।
सरकारले स्वदेशी उत्पादनलाई किन प्रोत्साहन गर्न नसकेको होला ?
यसमा कमिसनको चलखेल हुनुपर्छ। किनभने, यसरी यस्ता प्रतिभालाई प्रोत्साहन गर्दा के घाटा थियो र ?
तपाईंले नेपालमै बनेको मोटरसाइकल सरकारले दर्ता नगरेको विषयलाई कसरी हेर्नुभएको छ ?
तपाईंले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि आन्दोलन नै बताउनुभएको छ। के अवस्था यस्तै हो र ?
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि बृहत जनआन्दोलन गर्न जरुरी छ। नेपालमा बनेको विद्युतीय मोटरसाइकल यात्रीलाई सरकारबाट अनुमति दिलाउन कुनै कसर बाँकी राख्ने छैनौं। यात्री मोटरसाइकल एउटा उदाहरण हो। आविष्कार केन्द्रमार्र्फत यस्ता धेरै चिज बनेका छन्। मैले यसको विकासका लागि काठमाडौं उपत्यकाबाट बृहत् आन्दोलन सुरु गरौँ भन्ने प्रस्ताव सामाजिक सञ्जालबाटै राखेको छु। त्यसको नेतृत्व गर्न म तयार छु।
स्वदेशी कच्चा पदार्थ उपयोग गरेर आत्मनिर्भर बन्न के गर्नुपर्छ ?
आवश्यक नीति, कानुन बनाउनुपर्छ। कुनै काम गर्न, इनोभेसन क्षेत्रमा हात हाल्न खोज्दा काम गर्न पाइँदैन। किनभने, कानुनै छैन। त्यसो भएपछि कुनै पनि काम अघि बढ्दैन। त्यसकारण कानुन बनाउनुपर्छ।
तपाईं कुन क्षेत्रमा अघि बढ्न कस्ता कानुन आवश्यक ठान्नुहुन्छ ?
नयाँ–नयाँ उपाय लिएर आउनेलाई प्रोत्साहन गर्ने कानुन चाहन्छि। युवामा उत्साह जगाउनुपर्छ। काम गरौं–गरौं लाग्ने वातावरण राज्यले बनाउनुपर्छ। राज्यले काम गर्न चाहनेलाई पनि निरुत्साहित गर्ने गरेको छ।
औद्योगिक वातावरण किन बन्न नसकेजस्तो लाग्छ ?
औद्योगिक वातावरण बन्न नसक्नुमा राज्य नै मुख्य दोषी हो। वातावरण नै नबनाएपछि कसरी औद्योगिकीकरण
हुन्छ ? केही काम गर्न त सुरुवात गर्नुपर्यो नि ! भइरहेको वातावरणलाई पनि ध्वस्त पार्ने गरिएको छ। अनि कसरी बन्छ औद्योगिक वातावरण ?
राष्ट्रिय आविष्कार केन्द्रले के काम गरिरहेको छ ?
केन्द्रले औद्योगिक वातावरण बनाउन पहल गरिरहेको छ। आइडिया भएका व्यक्तिलाई कसरी आकर्षित गर्ने भन्ने सिक्दै छ। युवा इन्जिनियरहरू उत्साहित भएर काम गरिरहेका छन्। हाम्रो परियोजना उपत्यकाबाहिर पनि सञ्चालनमा छन्। नयाँ प्रविधिको विकास र पुरानोको स्तरोन्नतिमा केन्द्रित छौं। धेरै क्षेत्रमा सफलता मिलेको छ। केन्द्रमा विभिन्न परियोजना चलिरहेका छन्। आविष्कार र नवप्रवर्तन क्षेत्रमा काम गरिरहेका छौं। सेलरोटी बनाउने मेसिन, औषधि बोक्ने ड्रोन, बाँदर भगाउने मेसिनलगायत क्षेत्रमा काम भइरहेका छन्।
सरकारले कानुन, नीति निर्माणमा किन ध्यान दिन नसकेको होला ?
सरकार, संसदले मिलेर कानुन बनाउने हो। हामीले बनाउने होइन। कर्मचारीले पनि बनाउने होइन। हामी सुझाव दिन तयार छौं। तर, कानुन बनाउनेहरू झगडा गरी बस्छन्। अनि कसरी बन्छ कानुन ? कानुन पर्याप्त नभई केही काम बन्ने देखिँदैन।
तपाईं आविष्कार, उद्यमशीलतामा जान कत्तिको सहज देख्नुहुन्छ ?
पहिला त बजेट छुट्याउनै पर्छ। अनुसन्धान भन्ने घाँस–दाउरा, कुटो–कोदालो गरेजस्तो होइन। पैसा छुट्याउनै पर्छ। पैसालाई कसरी वितरण गर्ने, प्रतिभाहरूलाई कसरी समेट्ने भन्नेमा जोड दिनुपर्छ। आइडिया भएकोलाई कसरी उत्साह जगाउने भन्नेमा सरकार चनाखो हुनुपर्छ। सरकारले चाहे गर्न नसकिने केही छैन।
अनुसन्धानमा राज्यको लगानी किन हुन नसकेको होला ?
राजनीतिज्ञ तथा कर्मचारीतन्त्रको दिमागमा अनुसन्धान भन्ने विषय छिर्न सकेन। त्यसपछि कसरी अनुसन्धानको काम हुन सक्छ ? कसरी कानुन बन्छ ? यसमा कर्मचारीतन्त्रभन्दा पनि राजनीतज्ञहरूकै कमजोरी छ।
तपाईं मोटरसाइकल दर्ता नदिनुको कारण के देख्नुहुन्छ ? तत्काल कानुन बनाउन सकिने अवस्था रहन्छ ?
दुई–चार जना कानुनविद् लगाएर दुई–चार दिनमा कानुन बनाउन सकिन्छ। संसदमा पेस गरेर पास गर्ने त हो। पहिला मस्यौदा तयार गर्ने, प्रक्रिया पुर्याएर कानुन मन्त्रालयमा लैजाने, सम्बन्धित निकायमा लैजाने, रायसुझाव लिने, संसद्मा लगेर पास गर्ने, कति लामो कुरा भयो र ?
आविष्कार केन्द्रको स्थापना कसरी भयो ?
युवालाई आविष्कार गर्न दिने प्लेटफर्मका रूपमा केन्द्रको स्थापना भएको हो। नयाँ नयाँ काम गर्न आर्थिक सहयोग संकलन गर्दै पनि आएका छौं। सरकारले सहयोग नगर्दा सोचेजस्तो काम गर्न सकेका छैनौं।
तपाईंको प्राथमिकता उत्पादन गर्ने हो कि उद्यमी जन्माउने ?
राष्ट्रिय आविष्कार केन्द्र सामान उत्पादन गर्ने थलो होइन। उद्यमी जन्माउने क्षेत्र हो। युवामा भएको उद्यमको सोचलाई सार्थकता दिने हो। हाम्रो सोच खोजअनुसन्धान गर्ने हो। आफूलाई लागेको विषयमा अनुसन्धान गर्न सकिन्छ। यहाँ आउन शैक्षिक योग्यता तोकिएको छैन। आविष्कार गरेको चिज बेचेर उद्यमी बन्न सक्छन्। उद्यमी बन्नुअघि वस्तुको अनुसन्धान गरेर उत्पादनको डिजाइन, डेपलपमेन्ट गर्न सक्छन्। त्यसका लागि युवाले कुनै शुल्क तिर्नुपर्दैन। हामी रचनात्मक रूपमा समस्या समाधानको सोच, खोज अनुसन्धानप्रति रुचि बढाउन लागिपरेका छौं। सोचबाट विकास भएको उद्यमलाई बजारीकरणसम्म आवश्यक सहयोग गर्र्र्र्छाै। सोचलाई आम्दानीसम्म पुर्याउन सहयोग पुग्छ।
उद्यम, नवप्रवर्तन धेरै टिकेको पाइँदैन। यस्तो किन हुन्छ ?
नेपालमा खोजअनुसन्धानको वातावरण बनेको छैन। खोज गर्नतिर कसैको ध्यान पुगेन। हचुवामा काम थालेर पछि पछुताउने गरिन्छ। यस्तो गर्दा धेरै उद्यमी डुबेका छन्। राम्रो गर्न नसक्दा पलायन भएका छन्। हामी बौद्धिक पलायन रोक्ने र युवालाई उद्यमी बनाउने योजनाका साथ काम गरिरहेका छौं। उद्यमी बन्छु भन्दैमा कोही उद्यमी बन्न सक्दैन। उद्यमी बन्न खोजअनुसन्धान अपरिहार्य छ। उद्यम र अनुसन्धानको खाडल पुर्न हामी प्रयासरत छौं। नयाँ आइडिया लिएर उद्यम गर्छु भन्दा पनि अनुसन्धान गर्ने ठाउँ छैन। त्यसको सहजीकरणका लागि हामीले सुरुवात गरेका हौं।
यहाँ उत्पादन भएको वस्तुको मूल्य कस्तो हुन्छ ?
यहाँ उत्पादित वस्तु बजारमूल्यभन्दा सस्तो हुनुपर्छ। विभिन्न किसिमका सामान बनाएर बेचिसकेपछि सेवा दिनुपर्छ। हामी सेवा दिन उत्साहित छौं।
कच्चा पदार्थ कत्तिको पाइन्छ ?
कच्चा पदार्थ जताततै खोज्ने हो। समाजसेवा गर्दा गाउँमा २२ वर्ष बिताउँदा आविष्कार केन्द्र खोल्ने सपना पनि देखेको थिइन। काम गर्दै जाँदा कच्चा पदार्थ पाउन सहज भइरहेको छ। पुराना संरचनालाई भत्काएर नयाँ तरिकाले मर्मत संभार पनि गर्ने गरिएको छ।
अवसर नपाएर युवाहरू विदेश पलायन भइरहेका छन्। त्यसलाई कसरी रोक्न सकिन्छ ?
रोजगारी सिर्जना गरेर नै युवालाई विदेश पलायनबाट रोक्न सकिन्छ। उद्यमशीलता बढ्दै गयो भने रोजगारी पनि बढ्छ। सपना देख्नेलाई उद्यमी बनाउन अनुसन्धान तथा आविष्कार केन्द्र खोल्न आवश्यक छ। उनीहरूको सपना पूरा गर्न मलजल गर्न सक्नुपर्छ। हामीले सपना देख्ने युवालाई प्रेरित गर्न काम गरिरहेका छौं। हामीसँग युवाहरू जोडिने, उत्पादन गर्ने, बिक्री तिवरण गर्ने क्रम बढेको छ।