बारा २ मा उपेन्द्र यादव पाँच हजार मतान्तरले निर्वाचित

बारा २ मा उपेन्द्र यादव पाँच हजार मतान्तरले निर्वाचित

कलैया : बारा क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्  । यादव ५ हजार ८१ मतान्तरले निर्वाचित भएका हुन् ।

यादवले २८ हजार ४१५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाएका छन् ।

यसैगरी एमालेका पुरुषोत्तम पौडेल १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहदा रास्वपाका रमेश खरेलले दुई हजार ८२९ मत पाएका छन् । पाँचौ स्थानमा रहेका आम जनता पार्टीका अरुण ज्ञवालीले दुई हजार ७३८ मत प्राप्त गरेक छन् ।null

प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवलाई मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले राती १:४५ बजे प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रमाणपत्र वितरण कार्यक्रममा मुख्यमन्त्री सरोज यादव, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालगायत उपस्थित थिए । null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.